0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा विभिन्न कार्यक्रम सहित ६०औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सहकारी दिवसको अबसरमा आइतबार पोखरामा आयोजित ¥यालीमा ३० हजार भन्दा बढी सहकारी कर्मी सहभागी भएका छन् । पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्युरोड हुँदै सभागृहमा पुगेर सहकारी सभामा परिणत भएको थियो । सहकारी सभामा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नेपालको आर्थिक समृद्धिमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।  सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रिनाथ अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, राष्ट्रिय सहकारी संघका सञ्चालक प्रभा कोइराला, नेफ्स्कुनका सञ्चालक भीम गुरुङ लगायतले बोलेका थिए । बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सञ्चालन गरेको कार्यक्रममा सहकारी संघ कास्कीका उपाध्यक्ष हरिभक्त पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
यसैबीच राष्ट्रिय सहकारी दिवसका विभिन्न व्यक्ति तथा सहकारीहरु पुरस्कृत भएका छन् । उत्कृष्ट प्रवन्ध सञ्चालकबाट काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्था पोखरा ११ का दीपकप्रकाश आचार्य पुरस्कृत भए । उत्कृष्ट प्रवन्धकबाट चक्रदेवी बहुमुखी सहकारी संस्था पोखरा २७ का राजेश पौडेल, तालनगरी कृषि सहकारी संस्था लि पोखरा ३१ चण्डिका बराल न्यौपाने, प्राइम बहुउद्देश्यीय सहकारी संस्था पोखरा ४ का निरु थापा, पामे बचत तथा ऋण सहकारी संस्था पोखरा २४ का सूर्यमोहन पराजुली पुरस्कृत भएका छन् । डिभिजन कार्यालयका उत्कृष्ट कर्मचारी सहकारी निरीक्षक विष्णुदेवी पोखरेल पनि सम्मानित भएका छन् ।
उत्कृष्ट लेखा समितिबाट धर्मस्थली बचत तथा ऋण सहकारी संस्था पोखरा ५ का संयोजक राजुप्रसाद सुवेदी, सदस्य लक्ष्मीप्रसाद कोइराला र योगराज पौडेल पुरस्कृत भएका छन् । उत्कृष्ट अध्यक्षमा कर्मशील बचत तथा ऋण सहकारी संस्था पोखरा ८ का कार्यबहाक अध्यक्ष संगीता गौतम तिमिल्सिना, दीगो महिला विकास बचत तथा ऋण सहकारी संस्था अन्नपूर्ण गाउँपालिका ४ का सगुन गुरुङ, कुँडहर बचत तथा ऋण सहकारी संस्था पोखरा–१० का रिबबहादुर थापा, सयपत्री बचत तथा ऋण सहकारी पोखरा ११ का विश्वराज बाँस्तोला, जनप्रिय सहकारी संस्था पोखरा २६ का मुरारी बराल पुरस्कृत भएका छन् ।
उत्कृष्ट सहकारी संस्थाहरुमा छत्रशक्ति बचत तथा ऋण सहकारी संस्था पोखरा २७, नबिन बचत तथा ऋण सहकारी संस्था पोखरा ४, परोपकार सहकारी संस्था पोखरा ८, गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा १७ पुरस्कृत भएका छन् । श्री बिहानी बचत तथा ऋण सहकारी संस्था पोखरा ८ उत्कृष्ट एकीकृत संस्थाबाट पुरस्कृत भएको छ । ¥यालीमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरुमा सयपत्री बचत तथा ऋण सहकारी संस्था प्रथम, पोखरा रोयल सहकारी संस्था द्वितीय, लखन बचत तथा ऋण सहकारी संस्था तृतीय भएका छन् । प्राइम बहुउद्देश्यीय सहकारी संस्था, शिशुवा कृषि सहकारी संस्था, शुभसौगात बचत तथा ऋण सहकारी संस्था, चापापानी बचत तथा ऋण सहकारी संस्था, व्यावसायिक महिला सिप विकास सहकारी संस्था, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था, पिपलडाली बहुउद्देश्यीय सहकारी संस्था, फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था ¥यालीमा सान्त्वना भएका छन् ।

Post a Comment

 
Top