0
परिवर्तनका लागि युवा भन्ने मुल नाराका साथ परिवर्तन युवा क्लब स्याङ्गजाको आयोजनामा भएको दोस्रो आँधीखोला ओहिया कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरम्भ निर्माण सेवाले जितेको छ । नववर्ष २०७४ को अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा आरम्भले मडुवा युवा क्लबलाई २५–१६, २५–२०, २५–१४, को सोझो सेटमा जितेको हो । विजेता  तथा उपबिजेतालाई प्रमुख अतिथि युवा उद्यमी रोडशो रियल स्टेट प्रालिका निर्देशक तथा माछापुच्छ«े ब्रिक फ्याक्ट्री प्रालिका कार्यकारी अधिकृत खेमबहादुर गुरुङ्ग (उत्तम) ले नगद, शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । विजेता आरम्भ निर्माण सेवाले नगद ५० हजार प्राप्त गरे । उपविजेता मडुवा युवा क्लबले नगद रु २५ हजार प्राप्त गरे । क्लबका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी खेमबहादुर गुरुङ्ग (उत्तम) ले युवाहरु लगनशिल एवं उद्यमशिल बन्न सके मात्रै देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै युवा जमातलाई विदेशमा अवसर खोज्दै भौतारिनु भन्दा देशमै आत्मनिर्भर हुने काममा संलग्न हुन आग्रह गरे । प्रतियोगिता रविन्द्र क्षेत्रीको संयोजकत्वमा भएको थियो । यसअघि भएको सेमिफाइनल खेलमा मडुवा युवा क्लबले आयोजक सि लाई २५–२२, २५–१७, २५–११, तथा आरम्भ निर्माण सेवाले फेदिखोला युवा क्लबलाई २५–२१, १५–२५, ३५–३३, २५–१७ को सेटमा पराजित गरि फाइनल प्रवेश गरेको थियो ।

Post a Comment

 
Top