0
गोल्डेन न्यूज संवाददाता
शहरमा बसेपनि गाउँमा उत्पादन हुने खाद्यान्नका  पारखीहरुलाई गाउँले परिवेशको खाद्यान्नहरु विक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिले बिहीबारदेखि पोखरामा ब्यवसायिक सुरुवात गरेको छ । १८ महिना अघिदेखि गुल्मीको बलेटक्सार गाउँबाट सुरु भएको पैंचो पसल प्रालिले आफ्नो उत्पादनसहित काठमाडांै, नेपालगन्ज, भैरहवा हँुदै पर्यटकीय शहर पोखरामा ब्यवसायिक यात्रा सुरु गरेको हो । बसे पनि शहर गाउँकै खाने रहर भन्ने मूल नारा बोकेका पैंचो पसलबाट उत्पादिन खाद्यान्न सामाग्रीहरुको बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा ब्यवसायिक सुरुवात कार्यक्रमको उद्घाटन गरे । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैंचो नाम पुरानो गाउँघरमा प्रचलित नाम भएको र गाउँले परिवेशको खाद्यान्नको उत्पादन र बिक्रीलाई पैंचो पसलले प्रश्रय दिएर गाउँगाउँमा पनि रोजगारीको सिर्जना गर्दै गाउमा उत्पादित सामाग्री बजारमा ल्याउने काम गरेको बताए । बाहिरी देशबाट आयातित खाद्यान्नको खरिद गर्दा वर्षेनी करोडौं रुपैयाँ बाहिर जाने काम भइरहँदा पैंचोले उत्पादन गरेको गाउँले परिवेशको खाद्यान्नले शहरमा बजार लिनेमा आपूm विश्वस्त रहेको उनको भनाइ रहेको थियो । 
त्यसोत लामो समयदेखि पोखरामा मुनाल स्टोर्स सञ्चालन गर्दै आएका ब्यवसायी मोति भुजेलले पनि पैंचोको उत्पादनले पोखरामा राम्रो बजार लिने बताए । पोखरा ग्रामीण भेगबाट आएका मानिसहरुको शहर भएकाले यहांका ग्राहकहरुले गाउँले परिवेशको खाद्यान्न रुचाउने भएकाले पैंचोको उत्पादनले बजार लिने बताउँदै भुजेलले पैंचोले आफ्नो ब्यवसायिक यात्रालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पैंचोले उत्पादन गरेको खाद्य सामाग्री विशुद्ध गाउँले पाराको र नेपालमानै उत्पादन भएकाले ग्राहको रोजाइमा पर्नेमा दुइमत नभएको भन्दै ब्यवसायिक सफलताको कामना गरे । बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेलो पैंचो पसलले पहाड÷ उच्च पहाडका किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराइरहेको पैंचो पसल प्रालिका प्रबन्धक धु्रव न्यौपानेले बताए ।
बजारको अभावमा खेर गैरहेका गाउँका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैंचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैंचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको हो । 
स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैंचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।
पैंचोले हाल आठ प्रकारका पैंचो अचार, पैंचो टोमेटो केचअप, पैंचो भेनेगर, पैंचो सोया सस, पैंचो जाम, विभिन्न प्रकारका जुसहरु, पैंचो होल क्यान कनेर्ल, पैंचो फापरको पिठो, पैंचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याईएको हो । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो ।
गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी संकलन केन्द्रहरु मार्फत किसानहरुको कृषि उत्पादन लिईरहेको र आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानहरुसँग समेत पैंचोको परियोजना पु¥याउने लक्ष रहेको प्रवन्ध निर्देशक न्यौपानेले बताए ।


Post a Comment

 
Top