0
गोल्डेन न्यूज संवाददाता
प्रहरीले पोखरामा भ्याट छलि गरेको भन्दै एनसेलको रिर्चाज कार्ड विक्री वितरण गर्दै आएको एक कम्पनीलाई अनुसन्धानका लागि छापा मारेको छ । पोखरा लेखनाथ महानगरपालिका ७ मा रहेको एक घरबाट करिब १ करोड २५ लाख बराबरको रिर्चाजकार्ड अनुसन्धानका लागि लिएको हो । एनसेलका पुराना डिलरहरु सगँ विवाद भए पछि एनसेल कम्पनीले नयाँ डिलर नियुक्ति गरि भित्र भित्रबाट कर छलि गरि विक्री वितरण गर्दै व्यवसायीको आरोप छ । करिब १ करोड २५ लाखको रिर्चाज कार्ड स्टकमा रहेको र करिब २ करोड बराबरको रिर्चाज कार्ड विक्री गरी सकेको एनसेल डिलर एशोसियसनका पुर्व अध्यक्ष श्माम गुप्ताले बताए । रिर्चाज कार्डहरु एक्सिस इन्टरप्राइजेजले पोखरामा विक्री गर्दै आएको भए पनि भ्याट तिरेको विल भने कम्पनीले देखाउन सकेको प्रहरीले जानकारी दिएको छ । एक्सिसमा कार्यरत कर्मचारी राजेश श्रेष्ठले १ करोड ७३ लाख रुपैयाँको रिर्चाज कार्ड कम्पनीबाट ल्याएको बताए । कम्पनीका संचालक बालकृष्ण न्यौपानेलाई टेलिफोन सम्र्पक गर्दा फोन नै उठाएनन् ।  छापा मारेका रिर्चाज कार्डलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय पठाउने अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।



Post a Comment

 
Top