0
कृष्ण पराजुली (ढाकामोहन)
पोखरा १० वैशाख
आशन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष । सदस्यका उम्मेदवारहरु सिफारिस हुनेक्रम शुरु भएको छ ।  यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ बाट कृष्ण पराजुली (ढाकामोहन) सर्वसम्मत वडाध्यक्षको उम्मेदवारका लागि सिफारिस भएका हुन् । ढाकामोहन सहित वडा सदस्यहरुमा अब्दुल हमित मिया र अनिल बहादुर कोइराला (खुल्ला), महिलामा कल्पना गौतम र दलितमा कमला सिके सर्वसम्मत सिफारिस भएका छन् । महानगरको ३३ वडामध्ये वडा नं. ४ सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने पहिलो बनेको छ ।
२०४७ सालको जनआन्दोलन पछि कम्युनिष्ट राजनीति शुरु गरेका पराजुली नेकपा माक्सवादी कास्कीको संस्थापक सदस्य भएर नेपाली राजनीतिमा होमिएका थिए । उनी त्यसको केही समय पश्चात एमालेको राजनीतिमा लागेका थिए । एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा लागेका उनी एमाले पोखरा–४ को वडा सदस्य, वडा सचिवका साथै पोखरा नगर कमिटी सदस्य, वडा इन्चार्ज भएर काम गरेका थिए ।
पेशागत संगठन जिल्ला कमिटीको सदस्य, सल्लाहकार समेत रहेका उनी कानून सम्बन्धी ज्ञाता पनि हुन् । पराजुलीले राजनीतिकका साथै सामाजिक एवं धार्मिक संघ–संस्थामा बसेर काम पनि गरेका छन् । उनले गोपालजी मन्दिर सेवा समितिका सदस्य एवं सचिव, नेपाल रेडक्रस सोसाइटी ४ को कोषाध्यक्ष, कीरियापुत्री भवन निर्माण समितिको सचिव, विभिन्न बाटो निर्माण समितिको कोषाध्यक्ष भएर काम गरेका थिए ।
भ्रष्टाचार विरुद्धको अभियानमा सक्रियपूर्वक लागेका पराजुली नविन उच्च माविको व्यवस्थापन समितिको सदस्य, सिद्धार्थटोल टोल विकास संस्थाको सल्लाहकार, वडा संयन्त्रको सदस्य, नेपाल क्षयरोग निवारण संस्था कास्कीको सदस्य, पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीको सचिवालय सदस्य समेत भएर का गरेका छन् । उनी २०६२÷०६३ सालको जनआन्दोलनमा घाइते समेत चएका उनले पटक–पटक गरि करिब २ महिना जेल जीवन समेत बिताएका छन् ।
ढाकामोहनले आफूले पार्टीमा लामो र महत्वपूर्ण योगदान दिएकाले वडाध्यक्षमा चुनाव जित्ने दावी गरेका छन् । उनी भन्छन्–‘एमालेको आन्दोलन र पार्टीमा मेरो भूमिका महत्वपूर्ण छ । वडाका अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताले पनि मलाई चाहना गरेका छन् त्यसैले चुनाव जित्ने  पूर्ण विश्वास छ ।’
पराजुलीले आफू वडाध्यक्ष भएर गर्ने योजना समेत अघि सारेका छन् । उनले विशेष गरि पोखरा–४ को विकास निर्माणमा ध्यान दिने बताएका छन् । सिद्धार्थचोक, गैह्रापाटनचोक र नालामुख चोकको व्यवस्थापन, रामकृष्ण टोलको सडक साँघुरो भएकाले दुवैतर्फ रेलिङ लगाउने, वडाका सबै क्षेत्रमा सौर्यवत्ति राख्ने उनको योजना छ । यसैगरी पोखरा ४ धार्मिक र सांस्कृतिक थलो रहेकाले त्यसको प्रवद्र्धन र संरक्षण, नविन स्कूलमा नयाँ भवन निर्माण र गुणस्तरीय शिक्षाको विकास, वडामा रहेका शाखा सडकहरुको स्तरोन्नति, फिर्के खोला संरक्षण, आदर्श पुस्तकालयमा बहुउद्देश्यीय भवन निर्माण गरि वृद्ध–वृद्धा र युवाका लागि उपयुक्त बनाउने पराजुलीको लक्ष्य छ ।

Post a Comment

 
Top