0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा पार्टीको विकास र विस्तारका लागि सहयोग पु¥याएकाहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व इकाइ सभापतिहरु आनन्दप्रसाद अधिकारी, दुर्गाप्रसाद तिमिल्सिना, यमनाथ तिमिल्सिना, मनहरि सुवेदी, देवेन्द्रविक्रम शाही, देवीप्रसाद बस्ताकोटी, कुलबहादुर रानाभाट, माधव शर्मा दाहाल, टेकप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो। त्यसैगरी मृत्यूपर्यन्त गोपाल गिरी, टिकाराम त्रिपाठी, कृष्ण गिरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा काँग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष पूर्णबहादुर केसीलाई र मृत्यूपर्यन्त भरत अधिकारीलाई पनि सम्मान गरिएको थियो। काँग्रेस नेता शुक्रराज शर्मा, कास्की काँग्रेस का सभापति कृष्ण केसीले संयुक्त रुपमा दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरेका थिए ।  कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव भरतबहादुर अधिकारी, महासमिति सदस्यहरु देवराज चालिसे, रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, बाबुराम आचार्य, क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा, पूर्वमहासमिति सदस्य दुर्गाप्रसाद तिमिल्सिना, पूर्वमहाधिवेशन प्रतिनिधि डा यमनाथ तिमिल्सेना, नेपाल शिक्षक संघ कास्कीका सभापति शिरोमणि लामिछाने, नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, बुद्विजीवि टिकाराम सुवेदी, सल्लाहाकार पूर्णभद्र शर्मा, डिल्लिराम भट्टराई, शालिकराम अधिकारी, टेकप्रसाद अधिकारी, नेविसंघका विष्णु तिमिल्सिना, तरुण दलका रमेश केसी, विष्णु श्रेष्ठले स्थानीय निर्वाचनमा काँग्रेसले जित्ने दावी गरे। पोखरा लेखनाथ महानगरपालि का वडा नं २४ का सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गङगा गिरीले स्वागत र सचिव चन्द्रेश्वर बस्ताकोटीले सञ्चालन गरेका थिए ।  यसैबीच पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. १४ नेपाली काँग्रेसले १ हजार १ सदस्यीय निर्वाचन प्रचार–प्रसार मूल आयोजक समिति लगायत विभिन्न उपसमिति शनिवार गठन गरेको छ । मूल प्रचार प्रसार आयोजक समिति संयोजकमा योज्ञेश्वर पोखरेल चयन भएका छन् भने सह–संयोजकमा साविक वडा नं. १८ का इकाई सभापति बोधबहादुर कार्की र साविक वडा नं. १४ का इकाई सभापति बोधराज बराल रहेका छन् र सचिवको जिम्मेवारी सचिवद्वय बिष्णुप्रसाद पोखरेल र दिवस कुँवरले पाएका छन् । समितिको प्रचार–प्रसार उपसमिति संयोजकमा रामजी जि.सी. र सदस्यहरुमा मनोज घर्तीमगर, सरस्वती गुरुङ रहेका छन् । त्यसैगरी अर्थ संकलन उपसमितिको संयोजकमा टेक बहादुर कार्की, सहसंयोजकमा दीपेन्द्र कार्की, सांस्कृतिक उपसमिति संयोजकमा सविना थापा र सह–संयोजकमा जुना क्षेत्री, युवा परिचालन उपसमिति संयोजकमा दीपक कुँवर र सह–संयोजकमा जसबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरी भेलाले भूपू सैनिक परिचालन उपसमिति संयोजकमा डम्बरबहादुर गुरुङ, सहसंयोजकमा क्या. दुर्गा सिं गुरुङ, शान्ति सुरक्षा उपसमिति संयोजकमा मोतीबहादुर बानियाँ, सहसंयोजकमा थानबहादुर खड्का, महिला परिचालन उपसमिति संयोजकमा इन्द्रामाया बानियाँ, सहसंयोजकमा देवी कार्की, अनुगमन मूल्याङ्कन तथा विश्लेषण उपसमिति संयोजकमा खगेन्द्रध्वज कुँवर, सहसंयोजकमा उपेन्द्र न्यौपाने, विज्ञ परिचालन उपसमिति संयोजकमा डा. बीरबहादुर कार्की, सहसंयोजकमा डा.ई. परमेश्वर पोखरेल, बुथ परिचालन उपसमिति संयोजकमा बिष्णु कार्की, सहसंयोजकमा रामकृष्ण अधिकारी, कार्य सम्पादन उपसमिति संयोजकमा स्थानेश्वर पोखरेल, सहसंयोजकमा बलराम कुँवर र दलित परिचालन उपसमिति संयोजकमा खड्क वि.क. र सहसंयोजकमा राजु वि.क. चयन भएका छन् । सोही कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका लागि वडा नंं १४ निवासी नेपाल खानेपानी संस्थान केन्द्रका अध्यक्ष डा.ई. परमेश्वर पोखरेलले घोषणा समेत गरेका इकाई सचिव बिष्णु पोखरेलले जानकारी दिए । इकाई १४ का सभापति बोधबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिष्णु पोखरेले गरेका थिए ।






Post a Comment

 
Top