0
गोल्डेन न्यूज संवाददाता
मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ  । आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटररटन इन्धन आयात भएको छ । ‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रबक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ ।’ इन्धनका लागि अप्रिलमा मात्रै १५ अर्ब रुपैया बाहिरिएको छ । ‘हाल सम्मकै यो बढी मुल्य हो,’ उनले भने । 
निगमले भारतीय आयल निगम (आइओसी) लाई जनवरीमा ११ अर्ब, फेब्रुअरीमा १० अर्ब र मार्चमा ९ अर्ब रुपैया बुझाएको थियो । जानकारहरुका अनुसार लोडसेडिङ अन्त हुदा मुख्यतः खाना पकाउने एलपी ग्यासको आयात घट्नुपर्ने हो । तर, घटेको छैन । प्रबक्ता पोखरेलका अनुसार साउनमा २२ हजार ५ सय ८० टन आयात भएको ग्यास चैतमा २७ हजार टन पुग्यो । तथ्याङक अनुसार भदौमा २२ हजार ७ सय १३, असोजमा २० हजार ५ सय ३४, कात्तिकमा २५ हजार १ सय ५५, मसिरमा २६ हजार ७ सय ८२, पुषमा २८ हजार टन आयात भएको थियो ।
माघमा २७ हजार, फागुनमा २६ हजार र चैतमा २७ हजार टन आयात भएको पोखरेलले बताए । ग्यासको मागमा देखिएको वृद्धिमा व्यवसायीहरु पनि अचम्भित छन । उनीहरुका अनुसार जाडो मौसममा ग्यासको माग सामन्यतया १५ प्रतिशतले बढ्छ । तर, त्यसबेला नबढेको ग्यास हाल आयात ह्वातै बढेको एलपी ग्यास उद्योग संघले जनाएको छ । ‘जाडोको सिजनमा ग्यासको माग थिएन । अहिले थप घट्न पर्ने हो,’ संघका महासचिव दिवान चन्दले भने, ‘तर सिद्धान्त विपरित अहिले आयात ह्वातै बढेको छ ।’ ग्यास बाहेक पेट्रोल, डिजेल, हवाई इन्धनको आयात पनि ह्वातै बढेको छ । 
निगमको तथ्याङक अनुसार ९ महिनाको अवधीमा करिब ३ लाख किलोलिटर पेट्रोल आयात भएको छ । ९ लाख २३ हजार किलोलिटर डिजेल आयात भएको छ । हवाई इन्धन १ लाख २० र १३ हजार किलोलिटर मट्टितेल आयात भएको निगमको तथ्याङकमा छ । प्रबक्ता पोखरेलका अनुसार चैतमा आयात भएको डिजेल अहिलेसम्मकै बढी हो । चैतमा सबैभन्दा बढी करिब १ लाख ४१ हजार किलोलिटर डिजेल आयात भएको छ । फागुनमा १ लाख १६ हजार, माघमा १ लाख ८ हजार, पुषमा १ लाख १४ हजार, मसिरमा १ लाख १७ हजार किलोलिटर आयात भएको छ । कात्तिकमा ९१ हजार, असोजमा ७७ हजार, भदौमा ८१ हजार र साउनमा ७४ हजार किलोलिटर डिजेल आयात भएको थियो । 
तथ्याङक अनुसार साउनमा २८ हजार ५ सय १५ किलोलिटर आयात भएको पेट्रोल चैतमा ३६ हजार ४ सय २८ किलोलिटर आयात भयो । भदौमा ३३ हजार ३ सय ३८, असोजमा ३१ हजार ६ सय २५, कात्तिकमा ३३ हजार ३ सय ५०, मंसिरमा ३३ हजार २ सय ८१ किलोलिटर आयात भएको पोखरेलले बताए ।  पुषमा २० हजार ९७, माघमा ३१ हजार २ सय २८, फागुनमा ३६ हजार ३ सय ५१ र  चैतमा ३६ हजार ४ सय २८ किलोलिटर आयात भएको जनाएको छ ।  
निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेले भुकम्पपछि पूननिर्माणको सुरु र सवारी साधान पनि वृद्धिले इन्धनको आयात बढेको बताए । यातायात व्यवस्था विभागको तथ्याङक अनुसार सवारी साधनको आयात बर्षेनी बढै गएको छ । मुलुकभरी करिब २४ लाख सवारी साधन सन्चालनमा छन । सवारीसाधनको सख्या बर्षेनी एक लाख भन्दा बढी थपिएका छन । सवारी साधनको संख्यामा वृद्धिसंगै इन्धनको माग पनि बढै गएको डिपो प्रमुख काफ्लेले बताए । ‘अघिल्लो बर्ष पेट्रोलको दैनिक माग करिब ४ सय र डिजेल ६ सय किलोलिटर थियो,’ काफ्लेले भने, ‘अहिले पेट्रोलको दैनिक माग ५ सय र  डिजेलको करिब ७ सय किलोलिटर पुगेको छ ।










Post a Comment

 
Top