0
गोल्डेन न्यूज संवाददाता
पोखराको मासबारस्थित रेडियो सफलताले नयाँ वर्ष २०७४ को अवसरमा क्यालेण्डर विमोचन, शुभकामना आदान–प्रदान कार्यव्रmम आयोजना ग¥यो । स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण बाँस्तोला, नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, रेडियो गोर्खालीका अध्यक्ष तथा नागरिक अगुवा शशि तुलाचन, विश्व हिन्दू महासंघका उपाध्यक्ष बेधनीधि शर्मा लगायतले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरेका थिए ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले रेडियोले सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएको भन्दै रेडियोले गर्दै आएको बताए । उनले स्थानीय तहको निवार्चनको मिति नजिकिंदै गर्दा  सबैलाई आफ्नो मतदान गर्ने अधिकारको प्रयोग गरि जुनसुकै दल भएतापनि समाजका लागि केही गर्ने व्यक्तिलाई भोट दिन आग्रह गरे । यस्तै नागरिक समाज पोखराका संयोजक पौडेलले ठूला कुरा नगरी समाज परिर्वतनमा स–साना कुराबाट नै परिर्वतन गर्न अति आवश्यक रहेको बताए । 
विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष बेधनीधि शर्माले अबको चुनावमा कुनै दल नभनिकन संस्कार र संस्कृतिलाई संरक्षण गर्ने व्यक्तिलाई मात्र भोट दिनुपर्नेमा जोड दिए। नेकपा एमाले जिल्ला उपसचिव प्रभा कोइरालाले महिलाहरुलाई सामाजिक कार्यमा लाग्न गाह्रो भएपनि पछिल्लो समय महिला सामाजिक कार्यमा क्रियाशील रहेको भन्दै खुशि प्रकट गरिन् । टोल विकास संस्था नगर समितिका वरिष्ठ उपाध्यक्ष उत्तम जोशी, रेडियो गोर्खालीका अध्यक्ष तथा नागरिक अगुवा शशि तुलाचन, जिल्ला पशु सेवा कार्यालय का पशु प्राविधिक सुरेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका नविन बराल, महिला विकासका लागि आमा समूहकी अध्यक्ष  मनमाया बराल, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका अध्यक्ष आत्मा तुलाचन, महिला स्वयंसेविका भीमा पौडेल, अधिवक्ता जनकल्याण पराजुली, पत्रकार ईश्वरी पौडेल, प्राकृतिक मानवजन केन्द्रितजन अभियान नेपाल युनिटका केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङ, रत्नचोक टोल विकास संस्थाका अध्यक्ष पार्वती पनेरु, खहरे आमा समूहका सचिव पम्फा थापा, समाजसेवा युवा क्लबका अध्यक्ष अंकित बराल, मासवार आमा समूहका अध्यक्ष टिकादेवी बराल, महिला समन्वय समिति पोखरा ६ का अध्यक्ष विष्णु केसी, खहरे आमा समूहका अध्यक्ष मैया थापा, संरक्षण नेपालका अध्यक्ष सुशिला वाग्ले, नेकपा एमालेका तेज नारायण अधिकारी, प्रतिभा मिलन आमा समूहका अध्यक्ष कमला लामिछाने, ढाँड आमा समूहकी उपाध्यक्ष सरस्वती कार्की, सफलता महिला कृषि सहकारी संस्थाका सदस्य गँगा बराल लगायतले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए । 
रेडियोकी प्रवन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मधु अधिकारीले स्वागत, समाचार प्रमुख सावित्रा कोइरालाले संचालन गरेकी थिइन ।  उक्त अवसरमा सफलता मिडिया प्रालिद्वारा आयोजित रेडियो प्रस्तोता तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।





Post a Comment

 
Top