0
गोल्डेन न्यूज संवाददाता
पोखरा रामबजार निवासी रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा ६ लाखको अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेका छन । पोखरा रामवजार कालिका माविमा ४ लाखको र पोखरा ९ वसपार्क स्थित सहारा आधारभूत विद्यालयमा २ लाखको अक्षयकोषका लागि रकम प्रदान गरिएको हो ।
पोखरा रामबजार निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना पिता हरिगोपाल र आमा गणेशमायाको नाउँमा उक्त रकम विद्यलायलाई अक्षयकोषका लागि प्रदान गरेका थिए । 
रञ्जित चार दाजुभाईले आफ्ना पिता हरी गोपालको ४५औं दिनको तिथी पारेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन र अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरे । समाजसेवी तथा व्यवसायी हरि गोपालको ८९ वर्षको उमेरमा निधन भएको थियो । उक्त रकम हस्तान्तरण गर्दै सुदर्शन रञ्जितले सामुदायिक विद्यालयमा पढने गरिव बालवालिकालाई थप अध्ययन गर्न कुनै समस्या नपरोस भन्नका लागि नै आफ्ना आमा वुवाको नाममा अक्षयकोष स्थापना गरेको वताए । ‘हरिगापाल गणेशमाया छात्रवृत्ति २०७४’ नामाकरण गरिएको उक्त अक्षयकोष संचालन गर्न दुवै विद्यालयले छुट्टै समिति निर्माण गरिने जानकारी दिए । सो अवसरमा कालिका माविका प्रधानाध्यापक वलरामा गिरीले रञ्जित परिवारले विद्यालयका लागि ठूलो गुन लगाएको बताए । ‘हामी एकदमै खुसी छांै संधै न्यून रकमको अक्षयकोष स्थापना हुन्थ्यो तर रञ्जित परिवारले एकैपटक ४ लाखको कोष स्थापना गरेर समाजमा उदाहरणिय कार्य गरेका छन ।’ उनले उक्त रकम कक्षा ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने बताए ।  प्रअ गिरीका अनुसार विद्यालयमा २ हजार ४ सय विद्यार्थी र ८५ जना शिक्षक रहेका छन् ।
पोखरा ९ वसपार्कमा रहेको सहारा आधारभूत विद्यालयकी प्रधानध्यापक लोचना अधिकारीले रञ्जित परिवारले समाजमा उदाहरणीय कार्य गरेको बताइन । आफ्नो विद्यालयमा निम्न आय भएका विद्यार्थी पढने भए पनि सवैलाई निःशुल्क शिक्षा दिंदै आएको र प्राप्त २ लाखको अक्षय कोषको रकम वाट आउने व्याजले कक्षा ९मा अध्ययन गर्न जाने गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने बताइन ।  ‘अहिलेसम्म यति ठूलो रकम अक्षयकोषका लागि पाएका थिएनौ यो हाम्रो जस्तो विद्यालयका लागि महत्वपूर्ण हो’ उनले भनिन । हाल उक्त विद्यालयमा २ सय ७० जना विद्यार्थी अध्ययनरत रहेका छन ।



Post a Comment

 
Top