0
गोल्डेन न्यूज संवाददाता
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्ले गाउँ कार्यसमिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पत्रकार राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ । लुम्ले गाउँ कार्यसमितिका उप–सभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजबहादुर गुरुङलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । गुरुङ यसअघि नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य समेत रहेका थिए । यसैगरी वैठकले अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ को अध्यक्षमा हरिमान गुरुङ र प्रेममान गुरुङ, दलित महिला सदस्यमा संगीता परियार, अन्य सदस्यहरुमा माया गुरुङ, धनबहादुर विक र कमसर गुरुङको नाम सिफारिस गरि क्षेत्रीय समितिमा पठाउने निर्णय गरेको छ । 

विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेका राजबहादुर गुरुङ नेपाल प्रेस युनियन मा ०५१ सालदेखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियनमा आवद्द रहि काम गरेका छन् । 
सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी विचार बोकेका उनले यस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतीकरण, भौतिक पूर्वाधार निर्माणमा उल्लेखनिय योगदान दिंदै आएका छन् । नेविसंघ तरुण दलमा आवद्ध रहि काम गरिसकेका गुरुङले जनआन्दोलनमा जनअधिकारका लागि पार्टीको प्रचार सचिव रहि काम गरेका थिए । यसैगरी नेपाली काँग्रेसको तर्फवाट माछापुच्छ«े गाउँपालिकाको प्रमुखमा अम्वरवहादुर कार्की (अनिल) लाई सिफारिस गरिएको छ । पार्टीका जिल्ला कमिटी सदस्य समेत रहेका कार्कीलाई काँग्रेस वडा ईकाइ कमिटी ३ घाचोकको बैठकले गाउँपालिका प्रमुखको उम्मेदवारको लागि क्षेत्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।  २०४६ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेसको राजनीतिमा क्रियाशिल कार्की निडर र स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छन् ।  कानूनमा समेत दक्षता भएका कार्की क्षेत्र नं. ४ मा चिरपरिचित छन्। २०५१ सालमा पार्टीको गाउँ कमिटीको सचिवको रुपमा काम गरेका उनले पार्टीको १२ औँ अधिवेशनमा क्षेत्रीय सदस्य पदमा तथा १३औँ अधिवेशनवाट जिल्ला सदस्य पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन कास्कीको अध्यक्षको रुपमा कार्यरत रहेका कार्की विभिन्न सामाजिक तथा साहित्यिक संघ संस्थाहरुमा समेत आवद्ध भएर निरन्तर समाजसेवामा सक्रिय छन् ।

यसैबीच पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदको उम्मेदवारमा नेपाली काँग्रेसमा ध्रुवराज चासिलेसहित सुनिल मर्सानी, कृष्णमान ठुसाजू, जयनारायण श्रेष्ठ, रमेश बराल, शारदा गिरी, गणेशबहादुर अधिकारी, दामोदर चासिले गरि  आठ जनाले चाहना गरेका छन् । ध्रुवराज नेपाली काँग्रेसका आशा लाग्दो उमेद्वारका रुपमा देखिएका हुन् । उनी वि.सं. २०४१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्यमा निर्वा्चित भएका थिए ।  पोखरा क्याम्पसमा स्ववियुका प्रत्यासी सदस्य भएका उनी लामो समय पार्टी निकट पत्रिका देशान्तर, जनमञ्च र राजधानी साप्ताहिकमा क्रियाशील पत्रकारका रुपमा पनि संलग्न छन् ।  उपभोक्ता हकहित र अधिकारका लागि सक्रिय चालिसेले आफ्नै पहलमा २०५४ मा उपभोक्ता मञ्च कास्की गठन गरी संस्थापक अध्यक्ष बनेका थिए । यस्तै बसुन्धरा पार्क संरक्षण, फेवा जलाधार संरक्षण अभियानका अतिरिक्त पोखराका सम्पदा तथा तालहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेका चालिसेले फेवा ताल संरक्षण र अतिक्रमण विरुद्ध अन्तर्राष्ट्रिय ताल संरक्षण समितिको ध्यानाकर्षण गराई सीमाङ्कन र मापदण्ड निर्धारण गराउदै सम्पदालाई अन्तर्राष्ट्रिय करण गर्न सफल भएका थिए ।








Post a Comment

 
Top