0
नवौं जिल्ला स्तरीय अन्तर लायन्स तथा लियो ब्याडमिन्टन प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा टुरिजम सिटीबाट लायन वीरेन्द्र कुँवर र तेजेन्द्र गुरुङ्गको जोडीले जितेको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा पोखरा सम्पन्न प्रतियोगितामा टुरिजम सिटीले लायन्स क्लब अफ पोखरा आगनलाई फाइनलमा २१–१७ र २६–२४ को सेटमा पराजित गरि उपाधि जितेको हो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा आँगन दोस्रो तथा लायन्स क्लब अफ पोखरा योङ्ग र लायन्स क्लब अफ पोखरा पिस चौतारी तेस्रो भए ।  प्रतियोगितामा लायन्स क्लब अफ पोखरा आँगनबाट लायन मनोज श्रेष्ठ र राजकुमार घले, लायन्स क्लब अफ पोखरा योङ्गबाट सुशिल पौडेल र राजेश गुरुङ्ग, लायन्स क्लब अफ पोखरा पिस चौतारीको तर्फबाट फणिन्द्र तिमिल्सिना र प्रदिप श्रेष्ठको जोडी खेलेका थिए । विजेता तथा उपविजेता टोली र खेलाडीहरुलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वानका गर्भनर बालकृष्ण बुर्लाकोटीले ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गर्भनर बुर्लाकोटीले लायन्सको हामी सेवा गर्छौं भन्ने मर्म मुताविक सेवाका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएका बताए। 
क्लबका अध्यक्ष रविन्सन प्रजुको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ्ग, स्पोर्टस कमिटी चियरपर्सन सुरेशबहादुर श्रेष्ठ, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ का निवर्तमान गर्भनर रुद्रहरि ज्ञवाली, लायन्स अन्तर्राष्ट्रियका पूर्व मल्टिपल काउन्सिल चियपर्सन दिपक श्रेष्ठ, प्रतियोगिता संयोजक दुर्गा जोजिजु लगायतले बोलेका थिए ।







Post a Comment

 
Top