0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न तेश्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा ग्लोवल सिटीले जितेको छ । ग्लोवल सिटीले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीमाथि विजय हात पार्दै उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा उपाधिका लागि ग्लोवल सिटी टाई ब्रेकरसम्म पुग्नुपरेको थियो । निर्धारित समयमा दुबै टोलीका तर्फबाट समान २–२ गोल भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा भने ग्लोबल सिटीले दुई शून्यको नतिजा ल्याउँदै उपाधिको दावेदारी सावित गरेको थियो ।  उपाधिसँगै ग्लोबल सिटीले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा सुन्दर नगरीले भने १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा सुन्दर नगरीका राजु गुरुङ उत्कृष्ट खेलाडी हुन सफल भए भने ग्लोबलका राजेश केसी उत्कृष्ट गोलरक्षक घोषित भए । त्यस्तै प्रतियोगितामा सुन्दर नगरीका सुशिल लम्साल र लायन्स क्लब अफ मुनालका ठाकुर गुरुङले समान ७–७ गोल गर्दै हाईस्कोरर घोषित हुदा आयोजक लायन्स क्लब अफ हेम्जा (पँहेलो)ले फेयर प्ले अवार्ड प्राप्त ग¥यो । 
उनीहरु सबैले एक–एक थान लाभा मोबाईल प्राप्त गरे । विजयी टोली र खेलाडीलाई पिएमसिसि दिपक श्रेष्ठले पुरस्कार प्रदान गरेको आयोजक क्लबका सचिव दुर्गा प्रसाद पौडेलले जानकारी दिए । प्रतियोगितामा लायन्स क्लब अफ हेम्जा (हरियो), लायन्स क्लब अफ माछापुच्छ«े, लायन्स क्लब अफ गोल्डेन चौतारी, लायन्स क्लब अफ फेवा बेगनास चौतारी, लायन्स क्लब अफ मुनाल, लायन्स क्लब अफ पोखरा डाउन टाउन, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, लायन्स क्लब अफ पोखरा पिस सिटीले सहभागिता जनाएका थिए । यसअघि लायन्स क्लव अफ हेमजाका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा आयोजक लायन्स क्लब अफ हेम्जाका प्रथम उपाध्यक्ष नवराज त्रिपाठीले स्वागत तथा रिजन चियरपर्सन तेजनारायण पराजुली एडिसनल क्याविनेट ट्रेजरर राजेन्द्र बहादुर सापकोटा, क्लबका सचिव दुर्गा प्रसाद पौडेल, कोषाध्यक्ष सन्तमान श्रेष्ठ लगायतले बोलेका थिए ।

Post a Comment

 
Top