0
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् बाण्ड सिजी व्राण्डले नजिकिंदो गर्मी मौसमलाई मध्यनजर गरी घरायसी तथा कार्यालय प्रयोजनको लागि विभिन्न किसिमका आकर्षक एयर कुलर र पंखाहरु नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ । सिजीे एयर कुलर र पंखाहरु विभिन्न आकर्षक मोडलहरु र उच्च विशेषताहरुले भरिपूर्ण रहेका छन । एयर कुलर अन्तर्गत चार वटा मोडलहरु रहेका छन् जसलाई डिजर्ट कुलर र पर्सनल कुलरमा विभाजन गरिएको छ । यसमा आइस चेम्बर, पावरफुल मोटर र स्ट्रोङ पंखा जस्ता मुख्य विशेषताहरु रहेका छन् । ग्राहकहरुको माग अनुसार यो विभिन्न क्षमताहरुमा पनि उपलब्ध छ । त्यस्तै पंखामा सिलिङ, स्ट्याण्ड, वाल र टेवल पंखाहरु उपलब्ध गराएको छ । जसमध्ये सिलिङ पंखा अन्तर्गत १२ वटा मोडलहरु विभिन्न साइज अथाउत ४८ इन्च, ३६ र २४ इन्चमा डेकोरेटिभ मोडल र हाइ स्पीडमा पनि रहेका छन् । 
त्यस्तै टेवल पंखा अन्तर्गत रिमोट भएका र नभएका दुबै मोडलहरु रहेका छन् । कम्पनीको तथ्याङ्क अनुसार गर्मीमा पहिलाको भन्दा ब्यापारमा बृद्घि हुनुका साथै  पंखा र एयर कुलरहरुको माग पनि एकदमै बढेको छ।

Post a Comment

 
Top