0
गोल्डेन न्यूज संवाददाता
शहिद हरिप्रसाद गुरुडको १०१औं जन्म जयन्ती एक समारोह बीच सम्पन्न भएको छ । २०१७ सालको शाही कु पछिको संसद पुनःस्थापनाका लागि आह्रवान गरिएको सशस्त्र आन्दोलनको नेतृत्व गरेको अभियोगमा राज्यबाट हत्या गरिएका गुरुडको सम्झनामा हरेक बर्ष स्मरण गर्न यस्ता कार्यक्रम गरिंदै आएको छ ।
यसैबीच शहिद हरिप्रसाद गुरुड प्रतिष्ठानले मंगलबार एक कार्यक्रमको आयोजना गरि वहांलाई स्मरण गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले हरि प्रसाद जस्ता वीर शहिदहरुकोे बलिदान बाट प्राप्त लोकतन्त्रलाई संस्थागत बनाउनका लागी आगामी बैशाख ३१ देखि सुरु हुने संघीय प्रणालीको निर्वाचनलाई सफल बनाउन सके मात्र सहिदले देखेको सपना साकार हुने बताए । कार्यक्रममा मुख्य अतिथि सहिद हरिप्रसादका आफन्त पानबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जित बहादुर गुरुङ, कांग्रेस ढिकुर पोखरीका सभापति मनपति भण्डारी, पोखरा–१ का सभापति टंकनाथ पौडेल, सचिव रुद्र प्रसाद पराजुली, कांग्रेस क्षेत्रीय प्रतिनिधि मेख बहादुर तामाङ, शहिदका नाति सम्राट गुरुङ , नेपाल महिला संघका क्षेत्रीय सदस्य सीता अधिकारी, प्रतिष्ठानका सचिव टिका बहादुर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । प्रतिष्ठानका अध्यक्ष रुद्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आश बहादुर गुरुङले गरेका थिए ।



Post a Comment

 
Top