0
गोल्डेन न्यूज संवाददाता
क्षत्री समाज नेपाल पोखरा लेखनाथ महानगरपालिका १७ को २०औं बार्षिकोत्सव तथा छैटांै अधिवेशनले लक्ष्मण कार्कीको संयोजकत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समाजको उपाध्यक्षमा कृष्ण कुमारी क्षत्री, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्ष कमल बहादुर रेग्मी, सह–सचिव क्या.याम बहादुर क्षत्री, सदस्यहरुमा डिक बहादुर कार्की, भिम बहादुर खत्री, राधिका कार्की, मन्जु ढकाल, हिरा थापा, रेणुका कुँवर क्षत्री, राज बहादुर थापा, मनशान्ती क्षत्री, कृष्ण कुमारी महत र मदन बहादुर बोहरा रहेका छन् । समाजको आमन्त्रित सदस्यहरुमा अर्चना बस्नेत रोका, खम बहादुर केसी, शान्ती क्षत्री, लक्ष्मी गोदारलाई चयन गरिएको छ । 
भेलामा बोल्दै समाजका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाले क्षत्री समाज स्थापना हुनु रहर नभएर बाध्यता भएको भन्दै  क्षत्री, खस र आर्यलाई राज्यले प्रदान गर्ने सेवा सुविधा र अबसरबाट बञ्चित गराउनुका साथै यस क्षेत्रमा केन्द्रित रहेर चालिएका कदम माथि षडयन्त्र भएका कारण आत्मसुरक्षाका लागि पनि क्षत्रीहरु एक हुनुपरेको स्पष्ट पारे ।  उनले मुलुकको रक्षाका लागि बलिदानी दिने शहिदहरुको सम्मान, क्षेत्रीहरुका माग र मुद्धालाई उजागर गर्दै संघर्षको मैदानमा उत्रनुपर्ने बेला आएकोमा बताए ।  समाजका केन्द्रीय महिला उपाध्यक्ष उर्मिला खड्काले समाजका महिलाहरुलाई सामाजिक क्षेत्रमा क्रियाशिल गराउन सकेको खण्डमा मात्र राज्यको नेतृत्व तहमा महिलाहरु पुग्ने कुरामा कुनै द्विविधा नरहने भन्दै यसका लागि सम्पूर्ण क्षत्रीहरुलाई सहयोग गर्न आग्रह गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीले राष्ट्रिय एकता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता भएका कारण पनि सम्पूर्ण क्षत्री एक भएर लाग्नुपर्नेमा जोड दिइन । 

यसैबीच समाजले विभिन्न विधा केन्द्रित सम्मान तथा पुरस्कार स्वरुप नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी र नेपाल अडिटर एशोसिएशन कास्की सचिव कमल बहादुर रेग्मीलाई सम्मान गरिएको थियो । यसैगरि ज्येष्ठ नागरिक सम्मानबाट पूर्णबहादुर थापा र झरी कुमारी कार्की, र एसएलसी उत्कृष्ट विद्यार्थीमा प्रतिमा बराल क्षत्रीलाई सम्मान प्रदान गरिएको छ । क्षत्री समाजको विकासका लागि उत्कृष्ट योगदान पु¥याएका क्षत्री समाज नेपाल केन्द्रीय सदस्य दुर्गा बहादुर बराल, जिल्ला कार्य समिति सदस्य रामबहादुर ढकाल, संस्थापक कृष्ण बहादुर थापा, पूर्व वडा सचिव जय बहादुर पौडेल, निर्वतमान कोषाध्यक्ष बलराम थापालाई सम्मान गरिएको थियो ।  समाजका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष पदम बहादुर कार्की, जिल्ला सदस्य देवी बहादुर थापा, समाजका नगर समिति उपाध्यक्ष पदम बहादुर थापा, समाजका जिल्ला यूवा अध्यक्ष सुवास ढुंगाना र संस्थापक टंक बहादुर अधिकारी, कार्यसमिति सदस्य हिरा थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।




Post a Comment

 
Top