0
गोल्डेन न्यूज संवाददाता
नेपालकै चर्चित ब्याण्ड नेपथ्यको शनिबार पोखरा रंगशालामा हुने लाईभ प्रस्तुतिको तयारी पूरा भएको छ । पर्यटकीय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको अन्तिम तयारी पुरा भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए । सामुदायिक बिद्यालयको सहयोगार्थ हुने कार्यक्रम शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन हुने भएको कायस्थले बताए । उनका अनुसार कार्यक्रममा सहभागीहरुका लागि दिउसो ४ः४५ बजेदेखि गेट खुल्ला हुने भएको छ भने ७ः३० बजे गेटहरु बन्द हुने भएको छ । ६ः४५ बजे सुरु हुने उक्त कार्यक्रम दुई घण्टा अर्थात ८ः४५ बजेसम्म संचालन हुने भएको हो । प्रवेश टिकट विद्यार्थीहरुका लागि ७ सय ५० रहेको छ भने अन्य सहभागी दर्शकहरुको लागि एक हजार रहेको संयोजक कायस्थले बताए ।
यस अघि टिकट काउन्टरबाट प्रति व्यक्ति १ हजार ५ सय प्रति व्यक्ति टिकट शुल्क लिने भने पनि दर्शकहरुको माग अनुसार एक हजारमा टिकट उपलब्ध गराउने भएको कायस्थले बताए ।  उनले भने–‘हामीले सामाजिक कार्यका लागि यो सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हौं, पटक–पटक नेपथ्य व्याण्डलाई हामीले प्रस्तुती राख्न सक्दैनौं, दर्शकहरुको चहाना अनुसार प्रबेस टिकट एक हजार कायम गरेका छौं ।” नेपथ्यको लाईभ प्रस्तुति पोखरेलीहरुको ईच्छा र चाहना अनुसार आयोजना हुने भएको पोखरा भिमकालिपाटन सिमपानी निवासि किरण गुरुङले बताए । गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयमा समेत आर्थिक सहयोग प्रदान गरिने उद्देश्यले हुन लागेको हो । 
कार्यक्रमबाट बचत भएको करिब १५ देखि २० लाख रुपैयाँ दुई वटा विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको आयोजक गुरुङले बताए । सन २०१६ मा काठमाडौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउँदै फेरी उठ्ने छ नेपाल नामक इभेण्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो ।  धेरै बर्षपछि काठमाडौंमा ईभेण्ट मार्फत नेपथ्यले आफ्नो लाईभ प्रस्तुति गरेको थियो । इभेण्ट मार्फत नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्किने भएको हो । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चित पप गायक अमृत गुरुङ रहेका छन ।  उनको पोखरा २२ पुम्दी–भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतिमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तीन बर्ष सहभागी भएका दर्शकहरु यसबर्ष अझ बढी उत्साहित हुने आफूहरुले अपेक्षा गरेको किरण गुरुङको विश्वास छ ।  रेशम...,छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट..लगायतका गितहरु गाउदै आएको नेपथ्यको गीत प्रायः युवा पिढीहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ । नेपथ्यले देशका मुख्य शहरहरु हुँदै  विभिन्न देशमा समेत प्रस्तुति राखेको छ । यस पटक नेपथ्यले केही नयाँ गीतहरु समेत प्रस्तुति राख्ने भएको छ ।










Post a Comment

 
Top