0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसले चैत ३० गते पोखरामा गर्ने ४ नम्बर प्रदेश स्तरीय आमसभाको तयारी बैठक गरेको छ। कास्की काँग्रेसको कार्यालयमा शुक्रबार बसेको बैठकमा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद र कास्कीका भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि सहभागी थिए । बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, वनमन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, प्रदिप पौडेल, गोविन्द भट्टराई, अर्जुन जोशी लगायत सहभागी भएको पार्टी सभापति कृष्ण केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारीइ दिए । बैठकले पोखराको चिप्लेढुङ्गामा आमसभा गर्ने निर्णयगर्दै कार्यक्रम सभ्य र भव्य बनाउने निर्णय गरेको छ। 
त्यस्तै आमसभालाई लक्षित गरी प्रदेशका सवै जिल्लामा प्रचारात्मक गतिविधि संचालन गर्ने पनि निर्णय गरेको छ। आमसभालाई पार्टीका शीर्ष नेताहरुले सम्वोधन गर्ने छन्।  बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो। यसैबीच नेपाली काँग्रेस कास्कीले पोखरामा शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित कार्यकर्ता भेला गरेको छ। भेलामा पाँच सय बढि अगुवा नेता तथा कार्यकर्ता सहभागी थिए।       भेलामा काँग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन केन्द्रित बन्न कार्यकर्तालाई निर्देशन दिएका थिए। नेताहरुले मुलुक र प्रजातन्त्रको भविष्यसँग जोडिएर पार्टीलाई जिताउँने गरी अघि बढ्न निर्देशन दिएका थिए।
काँग्रेस नेता तारानाथ रानाभाटले मुलुकको मियो पार्टी नै काँग्रेस भएको र काँग्रेसको विकल्प नभएको भन्दै मुलुकको भविष्य नै काँग्रेसमाथि रहेको स्पष्ट पारे ।केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई तीन तहकै निर्वाचनमा विजयी नगराउँदासम्म दिन रात केहि नभनि पार्टीको काममा जुट्न आग्रह गरे। वन मन्त्री शंकर भण्डारीले मुलुकको आर्थिक समृद्वि नै काँग्रेसको चाहना भएको स्पष्ट पारे । उद्योग मन्त्री रोमी गौचनले वीपीको समाजवादलाई गाउँ–गाउँ पु¥याउनुपर्नेमा जोड दिए।

त्यसअवसरमा सांसद यज्ञ बहादुर थापा, नेता सोभियत बहादुर अधिकारी, काँग्रेस क्षेत्र नं.४ कास्कीका सभापति पोषनाथ शर्मा, नेपाल दलित संघका केन्द्रीय सदस्य परशुराम बि पोखरेल, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  भेलामा काँग्रेस नेता देवराज चालिसे र जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनाले पार्टीले निर्वाचनका बेला गर्नुपर्ने तयारीका बारेमा प्रशिक्षण दिएका थिए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति हरि आचार्यले स्वागत र सचिव सुदिपमोहन भट्टराईले सञ्चालन गरेका थिए ।







Post a Comment

 
Top