0
गोल्डेन न्यूज संवाददाता
नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन” ले विश्वमै प्रतिष्ठित भएको छ । जर्मनबाट डीएलजी वार्ड प्राप्त गरेपछि चोकोफन विश्वस्तरको गुणस्तर प्रमाणित भएको छ । विगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुशी पस्कँदै आएको चोकोफनले ख्यातिप्राप्त डिएलजी सिल्भर अवार्ड प्राप्तिबाट चोकोफनको विश्वस्तरीय क्वालिटी अन्तर्राष्ट्रिय रुपमा प्रमाणित भएको छ । डीएलजी अवार्डद्वारा प्रदान गरिने एक वार्षिक अवार्ड हा,े जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र डिएलजीके कडा गुणस्तर मापदण्ड पूरा गर्ने “फुड एण्ड बेभरेज” लाई मात्र प्रदान गरिन्छ । वर्षेनी विश्वभरका २७ हजार भन्दा बढि ब्राण्ड तथा प्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन् । कच्चा पदार्थ र उत्पादन प्रक्रिया लगायत गुणस्तरको मापदण्डको समेत कडा परीक्षण पश्चात मात्र अवार्ड प्राप्त गर्न सकिनेछ । सम्मानित भएको अवसरमा कम्पनीले प्राप्त गरेको उपलब्धिको श्रेय आफ्ना समस्त ग्राहक, वितरक तथा शुभेच्छुकमा दिँदै कृतज्ञता प्रकट गरेको छ । साथै, यस उपलब्धिबाट झनै प्रेरित भई भविष्यमा पनि निरन्तर उत्कृष्टता पस्कदै जाने कम्पनीको प्रतिबद्धता छ । चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिम तथा स्वादिलो वाक्लो चकलेट मार्पmत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुति दिँदै आइरहेको छ । सन् १९९९ मा ५ रुपैययाँको मूल्यमा बजारमा प्रथम पटक आएको चोकोफन आफ्नो स्थापनाको पहिलो वर्षमा नै बजारमा अग्रणी स्थान हासिल गर्दै कम्पनीको सर्वाधिक लोकप्रिय उत्पादन बन्न सफल भएको ब्राण्ड हो । सुजल फुड्सको मार्केटिङ्ग विभागका अनुसार लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रा. लि. ले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबल गम, स्टिक गम बनाउँदै आएको छ । जसमध्येका उत्कृष्ट उत्पादनहरु चोकोफन, विगफन, क्रेभ, रसिलो क्याण्डी, क्याण्डीम्यान, फ्रेसो आदिले वर्षौदेखि उपभोक्ताहरुले मन जित्दै  आएका छन् । सुजल फुड्सको चटपटा रसिलो क्याण्डी नेपालीले सर्वाधिक मन पराउँदै आएका छन् ।


Post a Comment

 
Top