0
वैशाख ३१ मा तोकिएको स्थानीयतहको निर्वाचन नजिकिंदै गर्दा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकास्तरीय वृहत जनसभा गर्ने भएको छ । यही वैशाख १५ गते शुक्रवार चिप्लेढुङ्गामा हुने जनसभालाई पार्टीका वरिष्ठ नेता तथा उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर), प्रदेश इन्चार्ज देव गुरुङ लगायत केन्द्रीय स्तरका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटव्युरो सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । माओवादीले जनसभामार्फत पार्टीको घोषणापत्र तथा पोखरा लेखनाथ महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरुको घोषणा गर्ने कार्यक्रम समेत तय गरेको छ । सभाअघि पृथ्वीचोक वाट ¥याली सुरु भई चिप्लेढुंगामा पुगेर सभामा परिणत हुने महानगर संयोजक तथा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ  (कुसुम)ले जानकारी दिइन् । राजनीतिक दलहरुले पोखराको चिप्लेढुङ्गालाई सभास्थल बनाउन थालेपछि चौतर्फी विरोध र आलोचना भएपनि माओवादीले पनि चिप्लेढुङ्गामा सभा गर्ने भएको छ । यसैबीच चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिले चिप्लेढुङ्गामा कार्यक्रम गर्न रोक लगाउने तयारी गरेको छ । निर्वाचन पश्चिात सरोकारवाला राखेर वृहत अन्तक्र्रिया गर्ने र कार्यक्रम रोक लगाउने तयारी गरिएको अध्यक्ष देवबहादुर (डिवि) भुजेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मानवअधिकारचोक चिप्लेढुङ्गामा दलहरुले ठूला सभा आयोजना गर्दा व्यवसायीले व्यापार गर्न नपाउने, ट्राफिक व्यवस्थापन  चुनौतीपूर्ण हुने र नागरिकले दुःख पाउने गरेको भन्दै आलोचना हुँदै आएको छ । आलोचनालाई वेवास्ता गर्दै माओवादी केन्द्रले पनि सभा गर्न लागेको हो ।  








Post a Comment

 
Top