0
जनप्रिय मावि सिमलचौर पोखराको २०५४ सालमा एसएलसी दिएका विद्यार्थीहरुको पुनःमिलन तथा गुरुहरुलाई सम्मान कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै तत्काली प्रधानाध्यापक रामबहादुर थापा, पूर्व प्रधानाध्यापक नारायण पराजुली र वर्तमान प्रधानाध्यापक बाबुराम पौडेल, शिक्षिका शान्ति बरालले पुनर्मिलन कार्यक्रमले विद्यार्थी बीचको एकता झल्कने बताउँदै विद्यालयलाई नबिर्सन आग्रह गरे । साथै आउँदै गरेको स्वर्ण महोत्सवमा सहभागि हुन अपिल गर्दै उज्ववल भविष्यको कामना गरे। सो अवसरमा गुरुहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको पूर्व विद्यार्थी ऋतु भुवाइले जानकारी दिए । पूर्व विद्यार्थी धिरज थापाले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यार्थीहरु लक्ष्मी भण्डारी र जयप्रकाश थापाले शुभकामना व्यक्त गरेका थिए। पंकज पौडेलले स्वागत गरेको कार्यक्रममा धन्यवाद मोहन थापा र महेन्द्र पहारीले विगतको अनुभव सुनाएका थिए। सो अवसरमा करिब ६० जना पूर्व विद्यार्थीको सहभागिता रहेको थियो ।  यसैबीच कार्यक्रममा पूर्व विद्यार्थी मञ्च गठनका लागि लक्ष्मी भण्डारी, मोहिनी पहारी, सरिता कुँवर, हेमा गुरुङ, पंकज पौडेल, महेन्द्र पहारी, मोहन थापा, ऋतु भुवाई, धिरज थापा, सकेन्द्र ताम्राकार, जय प्रकाश थापालाई  चयन गरिएको छ ।






Post a Comment

 
Top