0
गोल्डेन न्यूज संवाददाता
माओवादी केन्द्र माछापुच्छ«े गाउपालिका वडा नं १ मा भएको वडा स्तरीय भेलाले दलवहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।  कमिटीको उपाध्यक्षमा नर माया पुन, सचिवमा विश्वास पुन, सह सचिवमा सन्तोस पुन, कोषाध्यक्षमा गिता पुन, र सदस्यहरुमा सन्तोस परियारm गणेश गुरुङ, ठ्याक परियार, ईन्द्र वहादुर पुन, जीत बहादुर पुन, सुकमाया पुन र शिव परियार रहेका छन् ।

यसैगरी सोही वडामा आईतवार नै भएको युवाहरुको भेलाले सन्तोस पुनको अध्यक्षतामा वाईसियल वडा कमिटी गठन गरेको छ ।  समितिको उपाध्यक्षमा निशा पुन, सचिवमा अमृत पुन, कोषाध्यक्षमा समिक्षा पुन, सह सचिवमा प्रविण पुन, रहेका छन भने सदस्यहरुमा  संगीता पुन, मनोज पुन, रोशन पुन, भिम पुन, पतन पुन, अमृत पुन, अर्जुन पुन, गिता पुन, सन्तोष पुन, वुर्खावहादुर पुन, रेमवहादुर पुन, प्रेम वहादुर पुन, प्रविण पुन, चरक पुन, डम्वर पुन, दामोदर रिमाल, राहुल पुन, तीनमाया पुन, महेन्द्र भट्टराई, मदन पुन, लगायत ३७ सदस्य रहेको छ । वडा स्तरीय भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवं कास्कीका सचिवालय सदस्य रामजी वरालले परिवर्तनको संवाहक माओवादी केन्द्र मात्र भएकाले माओवादी केन्द्र वलियो भएमात्र राष्ट्र र राष्ट्रियता वलियो हुन सक्ने बताए । उनले यसका लागी सवै एक भएर स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । स्थानीय नेता दलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े युवा संजालका अध्यक्ष, विश्वास पुन, श्याम दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रममा विश्वास पुनले स्वागत गरेका थिए भने प्रेम पुनले संचालन गरेका थिए ।

Post a Comment

 
Top