0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा मेट्रोसिटीको लायन वर्ष २०१७÷१८ को अध्यक्षमा विशाल गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले क्लबको प्रथम उपाध्यक्षमा सुशील के.सी., द्वितीय उपाध्यक्षमा विष्णु अधिकारी, तृतीय उपाध्यक्षमा नारायण पौडेल, सचिवमा केदार कोइराला, कोषाध्यक्षमा अमृत कार्की, सह–सचिवमा राजेश गुप्ता, सह–कोषाध्यक्षमा सरोज वाग्लेलाई निर्वाचित गरेको छ । एलसिआइएफ डाइरेक्टरमा अजय श्रेष्ठ, मेम्बरसिप डाइरेक्टरमा ध्वज गुरुङ, पिआरओमा प्रेम क्षत्री, टेमरमा भरत भट्टराई, टेइल ट्वीष्टरमा ऋषि बराल, रिपोर्टिङ अफिसरमा ईश्वर चालिसे, डाइरेक्टरमा पदम सिटौला र सुरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएको क्लबका निवर्तमान अध्यक्ष तथा निर्वाचन समिति संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिए । फेलोशिप कार्यक्रम सहित शान्ति वनवाटिकामा आयोजित उक्त कार्यक्रममा रिजन चेयरपर्सन सुदिपराज ढुंगाना, जोन चेयरपर्सन प्रशान्तराज धमला, पिस सिटीका निबर्तमान अध्यक्ष टंकराज अधिकारी, मिड टाउनका अध्यक्ष विष्णु बाँस्तोला लगायतले बोलेका थिए। नवनिर्वाचित प्रथम उपाध्यक्ष सुशिल केसीको संयोजकत्व तथा लायन वर्ष २०१६÷१७ का अध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।




Post a Comment

 
Top