0
गोल्डेन न्यूज संवाददाता
राप्रपा कास्कीले आउँदो वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न उपसमिति गठन गरेको छ । जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा आईतवार वसेको वैठकले ति समितिहरु गठन गरेको हो । जसमा अध्यक्ष जयलाल पुनको संयोजकत्वमा निर्वाचन परिचालन उपसमिति, गरिएको सो पार्टीले जनाएको छ । समितिका सदस्यहरु मा रमेशवहादुर भट्टराइ, कुलवहादुर गुरुङ कुलु, जेवी कुँवर, विष्णुप्रसाद पोखरेल, वरुण विक्रम राणा, नारायण गुरुङ, अर्जुनवहादुर वस्नेत, रोमवहादुर भण्डारी, नेत्रवहादुर वस्नेत, प्रेम मल्ल, गीता गुरुङ, महेन्द्र वहादुर कार्की, जगतप्रसाद सुवेदी र रमेशवहादुर खत्री रहेका छन् ।  त्यसैगरी जिल्ला उपाध्यक्ष वरुण विक्रम राणाको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा अर्जुनवहादुर वस्नेत, सूर्य वास्तोला, गीता गुरुङ, धनुमाया कोईराला, भीमराज भण्डारी, इश्वरी वैरागी, मीना सुवेदी, डण्डीराज आचार्य रहेका छन् ।

यसैगरी जिल्ला उपाध्यक्ष विष्णुप्रसाद पोखरेलको संयोजकत्वमा घोषणा पत्र तयारी उपसमिति गठन गरेको छ । समितिको सदस्यमा भीमराज भण्डारी, गीता गुरुङ, अशिल कुमार शाही, तीर्थराज सुवेदी, हरिप्रसाद धमला, तीर्थ सुवेदी रहेका छन् । त्यसैगरी जिल्ला उपाध्यक्ष हरिदेवी अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन एवं संकलन उपसमिति गठन गरेको छ । समितिका सदस्यहरुमा रमेशवहादुर भट्टराई, रोमवहादुर भण्डारी, रन्जना सेन पौडेल, नारायण गुरुङ, प्रेम मल्ल, भोलाजंग सुवेदी, शिव चालिसे, गोविन्द थापा, महेन्द्र वहादुर कार्की र शिवकुमार वास्तोला रहेका छन् । यसैवीच शंकर कार्कीको अध्यक्षतामा राप्रपा माछापुच्छ«े गाउँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा कृष्णवहादुर शाही, विजुलीप्रसाद गुरुङ, कुन्ती कुमारी गुरुङ, सचिवमा आनन्द प्रसाद अधिकारी र सहसचिवमा पार्वती पौडेल चयन भएका छन् ।  त्यसैगरी कोषाध्यक्षमा प्रेमकुमारी गुरुङ, चयन भएकी छन् । समितिका सदस्यहरुमा चन्द्रा गुरुङ, गोविन्दप्रसाद अधिकारी, वलराम दाहाल, देवु अधिकारी, शान्ति गौतम, वीरवहादुर गुरुङ, पदमवहादुर विक, रामकृष्ण राना र वनवहादुर थापा चयन भएको राप्रपा कास्कीले जानकारी दिएको छ । यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अध्यक्ष जयलाल पुनले राष्ट्रिय एकता र अखण्डताको लागि देशमा राप्रपाको आवस्यकता भएको वताए । राप्रपा गाउँ इकाई अध्यक्ष कृष्णवहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुलवहादुर गुरुङ, जिल्ला उपाध्यक्ष वरुण विक्रम राणा, सदस्यहरु जगत सुवेदी,तीर्थ सुवेदी, विजुली प्रसाद गुरुङ, महानगर अध्यक्ष रमेशवहादुर खत्री लगायतले वोलेका थिए ।



Post a Comment

 
Top