0
सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमी दोविल्लामा सहारा यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङ्गका धर्मपत्नि शान्त गुरुङ्ग र छोरा सचित गुरुङ्गलाई सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य एवं पदाधिकारीहरुले माला तथा खादा लगाएर स्वागत गरेका थिए । उक्त अवसरमा छोरा सचित गुरुङ्गको नामबाट सहारा एकेडेमी अक्षयकोषको लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् साथै एकेडेमीका बालकहरुलाई खाद्यान पनि वितरण गरेका थिए । यस अघि सहारा एकेडेमी भवन निमार्णको लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए । विगत ३ वर्ष देखी एकेडेमीमा कठिन परिस्थिति एवं विपन्न वर्गका नेपाल भित्रका १६ जिल्लाको २८ जना बालकहरुलाई आश्रय दिई आवासीय रुपमा राखिएकोछ ।  

Post a Comment

 
Top