0
गोल्डेन न्यूज संवाददाता
पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लिको आयोजना तथा गोर्खा बु्रअरीको मुख्य प्रायोजनमा मिस कल्चर पश्चिमाञ्चल २०१७ को ट्यालेन्ट शो शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथि सभासद् सारदा पौडेलले महिलाहरू अव चुलो र चौकोमा मात्र सिमित नभई बाहिर निस्किएर समाज परिवर्तनको क्षेत्रमा लाग्नु पर्ने बताउँदै यस्ता कार्यक्रमले देशको मौलिक परम्परा र सँस्कृति संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने बताईन् ।  कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कर अधिकृत शिवहरि शर्मा, सृजना विकास केन्द्रका बैंकिङ अफिसर बिरबहादुर अधिकारी, सेलुट गोर्खा ट्रेनिङ्ग सेन्टरका प्रमुख राहुल पाण्डे, एनबीजेके सप्लार्यसका प्रोपाईटर जनक काफ्ले, बायोटिच स्प्रिट नेपालका जितबहादुर केसी, चेतन महिला कृषक समूहकी अध्यक्ष माया भण्डारी, अनलाईन पार्टनर पिस पोखरा डटकमका प्रमुख गोकुल बानियाँ, सानिमा बैंकका म्यानेजर बिजेन्द्र श्रेष्ठ, गायक सन्तोष बस्याल, मानव अधिकार तथा संस्कृति मञ्च कि केन्द्रीय सदस्य मेनका पौडेल, पोखरा एड्का अमर कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिव १४ जना प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए भने निर्णायकमा नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व सचिव रुद्र गिरी, नृत्य निर्देशक श्याम सिंह, मिसेस कल्चर नेपाल २०१६ कि विजेता प्रतिमा शर्मा आचार्य रहेको कार्यक्रमकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् । बैशाख ९ गते पोखरा शभागृह हलमा फाइन कार्यक्रम हुने कार्यक्रम संयोजक दिनेश शर्माले बताए ।



Post a Comment

 
Top