0
पोखराको नयाँबजारस्थित सस्तोबजार खाली गर्न गृहमन्त्रालय ले पत्राचार गरेपछि आतंकित बनेका त्यहाँ रहेका व्यपारीहरुले समस्या सुल्झाइदिन आग्रह गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अनुरोध गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत् एक ध्यानाकर्षपत्र पठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले यस्तो अनुरोध गरेका हुन् । उनीहरुले सस्तो बजार खाली गराउने निर्णय पुनर्विचार गर्न पनि ध्यानाकर्षण पत्रमार्फत् प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।  पोखरा सस्तोबजार व्यवस्थापन समितिका अध्यक्ष केशबबहादुर भुजेलको नेतृत्वमा गएको एक टोलीले आफ्नो ध्यानाकर्षण पत्र आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई बुझाएको थियो । ध्यानाकर्षणपत्रमा आफूहरुले सञ्चालन गरेको सस्तो बजार खाली गर्दा सैयौं साना स्वरोजगार व्यवसायी र तिनमा आश्रित हजारौं मानिसहरुकोे रोजीरोटी खोसिनुका साथै फेरि सडकमा नै आउनुपर्ने वाध्यता आउने कुरा उल्लेख गरिएको बताइन्छ ।






Post a Comment

 
Top