0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको आशन्न निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । यसक्रममा आइतबार पनि कास्की कांग्रेसले भेला र छलफल कार्यक्रम आयोजना ग¥यो । पार्टीले कास्कीका केही प्रजातन्त्रवादी पत्रकार, महिलाहरु, र यातायात व्यवसायीसँग छलफल गरेको हो । यसैगरी नेपाल तरुण दलले पनि नगरस्तरीय भेला आयोजना ग¥यो । चुनाव केन्द्रित कार्यक्रम अन्तर्गत यहि चैत्र ३० गते पोखरामा हुने चुनावी सभाको तयारीमा पार्टी र अन्य भातृ संस्था लागेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसीले ३० गते हुने आमसभालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न तयारी शुरु भइसकेको बताए । उनले जिल्लाको घर–घरमा नयाँवर्षको शुभकामना सहित निमन्त्रणा पत्र पठाइएको र चैत्र २० गते तरुण दलको आह्वानमा मोटरसाइकल ¥याली हुने जानकारी दिए । आमसभामा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला लगायतका केन्द्र्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा हुने आमसभा पूर्व पोखराको सभागृहचोक, रानीपौवा, नदीपुर र बाग्लुङ बसपार्कबाट ¥याली हुने भएको छ । रानीपौवाबाट आउने ¥यालीको नेतृत्व सांसद जीवन परियारले, सभागृहचोकबाट आउने ¥यालीको नेतृत्व सांसद यज्ञबहादुर थापाले, बाग्लुङ बसपार्कबाट आउने ¥यालीको नेतृत्व सांसद वृन्दा रानाले र नदीपुरबाट ¥यालीको नेतृत्व सांसद शारदा पौडेलले गर्ने ¥याली तथा जुलुस व्यवस्थापन समितिका संयोजक समेत रहेका कांग्रेसका पोखरा नगर समितिका सभापति बजिरमान श्रेष्ठले जानकारी दिए ।  आमसभाको लागि तरुण दल कास्कीले मञ्च व्यवस्थापनको जिम्मा लिएको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले आमसभामा ठूलो संख्यामा कार्यकर्ता र समर्थकहरुको उपस्थिति रहने भएकाले साउण्ड सिस्टम र स्क्रिनमा हेर्ने व्यवस्थालाई प्रभावकारी बनाइने बताए । आमसभामा आउने सहभागीका लागि गाउँ–गाउँबाट बसको व्यवस्था गर्न यातायात व्यवसायीहरु संग समेत छलफल गरिएको थियो । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत बढ्दै गएको कारण कास्कीका गाउँपालिका र महानगरपालिमा कांग्रेसको वर्चस्व स्थापित हुने दावी कांग्रेसको छ । स्ववियूको चुनावमा कांग्रेसको भातृसंस्था नेविसंघले प्राप्त गरेको विजयलाई आधार मान्दै कांग्रेसका नेताहरुले युवा पुस्तामा समेत कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको दावी गरेका छन् ।  यता, नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका १९ नम्वर वडामा स्थानीय तहको चुनाव लक्षित आम सभा शनिवार सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित आमसभामा १९७ जना काँग्रेसमा नवप्रवेशीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।  चुनावी सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य गोविन्द भट्टराइले चिनले नेपालको सगरमाथा आफ्नो हो भनि दावी गर्दा वि.पि. कोइराला नेतृत्वको काँग्रेसले प्रतिरक्षा गर्दा मौन वसेका कम्युनिष्टहरुको यतिखेरको राष्ट्रवादको कुनै औचित्य नदेखिएको दावी गरे । मेलमिलाप र एकतामा चल्ने हो भने नेपाली काँग्रेसले कास्कीलाई कम्युनिष्ट विहिन जिल्ला बनाउन सक्ने भन्दै सम्पूर्ण भातृ संस्थाहरुको ऐक्यबद्धता यसको शुभ संकेत रहेको केन्द्रीय सदस्य भट्टराईले बताए । नेपाली काँग्रेसका नेता देवराज चालिसेले पलायन भइसकेका विश्वका कम्युनिष्ट नेताहरुको नाम जोडेर राष्ट्रियताको व्याख्या गर्ने नौटंकी गरेका छन् । एमालेले रुस र जर्मनका नेताहरुको सिद्धान्तलाई लिएर राजनीति गर्ने र खोक्रो राष्ट्रियताको नारा रटाएर देश र जनतालाई धोका दिने प्रपञ्च रचेको नेता चालिसेले बताए ।

पोखरा लेखनाथ महानगरपालिका वार्ड नं. १९ लाई लक्षित गरेर आयोजित आमसभामा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी., पूर्व सभापति शुक्रराज शर्मा, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सभाषद् शारदा पौडेल र वृन्दा राना, महासमिति सदस्य दिपक गुरुङ र रामचन्द्र त्रिपाठी, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति पोषनाथ शर्मा, २ नं.का सभापति माधव वास्तोला मधु, नगर सभापति वजिरमान श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिव वावुराम आचार्य, ने.का वडा नं. १९ का संयोजक महेश्वर पौडेल सह संयोजक दुर्गादत्त वास्तोला क्षेत्र नं. ४ का पूर्व सभापति रामप्रसाद अधिकारी, सचिव खिमलाल वास्तोला, शंकर ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रमको संचालन कांग्रेस पोखरा १९ का प्रवक्ता विष्णु वाँस्तोलाले गरेका थिए । यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा पनि आइतबार चुनावीसभा गरिएको र उक्तसभामा कांग्रेसका केन्द्रीय सदस्य लगायतका नेताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top