0
गोल्डेन न्यूज संवाददाता
नेवा खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे थप तीन वर्षका लागि चयन भएका छन् । समितिको शनिबार सम्पन्न अधिवेशनले पालिखेलाई नै सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । कसमितिको उपाध्यक्ष द्वयमा गणेशबहादुर श्रेष्ठ र तीर्थ श्रेष्ठ, महासचिवमा आनन्द श्रेष्ठ, उप महासचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भए ।
त्यस्तै, समितिको सदस्यहरुमा भैरबलाल श्रेष्ठ (दाङसिङ), भुवन श्रेष्ठ (सिसुवा), नारायण श्रेष्ठ 
(रामबजार), विष्णुप्रसाद श्रेष्ठ 
(बिरौटा), तीर्थ श्रेष्ठ गोशेली 
(बगालेटोल), विश्व बिजुक्छे 
(सिमलचौर), ईन्द्र भारी 
(भीमसेनटोल), र कमल श्रेष्ठ 
(पृथ्वीचोक) चयन भएका छन् ।
नेवा मिसा पुचः कास्कीका अध्यक्ष शान्ती उदास, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष रामबहादुर रजक पदेन सदस्यका रुपमा चयन भएका छन् । स्थायी आमन्त्रित सदस्यमा नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्ल, झिगु भया झिगु संस्कृतिका कृष्णबहादुर श्रेष्ठ, भीमसेन गुठीका अध्यक्ष गोपाल बाटाजु र नेवा छेँ निर्माण समितिका संयोजक सुशील श्रेष्ठ, अष्टमान प्रधानाङ्ग चयन भएका छन् । त्यसैगरी आमन्त्रित सदस्यमा कल्पना मल्ल (भैरवटोल), बेञ्जु गुभाजु (मोहरियाटोल), प्रकाश श्रेष्ठ (बैदाम) र रमेश बाटाजु (भीमसेनटोल)लाई चयन गरिएको छ ।
यसैबीच, समितिको पहिलो बैठकले समितिको सल्लाहकारमा भीमबहादुर साई, भरतराज शाक्य, सनकमान बाटाजु र कृष्णदेव प्रधानाङ्गलाई चयन गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
यसअघि नेवा खलः कास्कीको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीति विभाजक बन्दै गएको आरोप लगाए । राजनीतिक संकीर्णताका कारण बहुजाति, बहुभाषी र बहु संस्कृति बिभाजक बन्दै गएको उनको भनाई थियो । राजनीतिमा जतिसुकै गिरेर नीच ब्यबहार देखाउँदा पनि नराम्रो नहुने तर जातीय हक, हित र अधिकारका कुरा गर्ने बित्तिकै ट्याग लगाईदिएर बद्नाम गर्ने प्रयास हुनेगरेको गुनासो गरे । श्रेष्ठले जातीय कुरा गर्नेलाई साम्प्रदायिकताको ट्याग लगाउने परम्परा बसेको प्रति रोष प्रकट गरे । साम्प्रदायिक बन्नु राम्रो हो कि नराम्रो भन्ने बारेमा बहस गर्न जरुरी रहेको स्पष्ट पार्दै उनले भने,–‘समाजमा विभिन्न जातजाती बस्छन्, त्यसलाई सम्प्रदाय भनिन्छ, अनि त्यही सम्प्रदायको हक, हित र उन्नतीका लागि काम गर्नेलाई साम्प्रदायिक भनिने हो, त्यसैले साम्प्रदायिकता आफैमा नराम्रो होईन, त्यसैले साम्प्रदायिक बन्नु राम्रो हो भन्ने मलाई लाग्छ र यसलाई सकारात्मक तरिकाले हेरिनुपर्छ ।’
सांसद चुणामणी जंगलीले जातीयताको नाममा विखण्डन गर्न खोज्नेहरुले भाँडभैलो निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउँदै यो सपना कहिलेपनि पूरा हुन नदिने बताए । तमु धिँ नेपालकी अध्यक्ष कर्म तमुले सबै जातजातीको साझा फुलबारीका रुपमा नेपाल रहेकाले एकले अर्काको अस्तित्व स्विकारेर सम्मान गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आगामी स्थानिय चुनावमा नेवारी समुदायले नेतृत्व लिनेगरी अगाडि बढ्न सुझाव दिए । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष तीर्थ श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।






Post a Comment

 
Top