0
चन्द्र काप्mले
पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही दिन अघि बेग्लै किसिमको रौनक थियो। पञ्चेबाजाको धुनले सडक तरङ्गित भएको थियो। आफ्ना मौलिक भेषभुषामा सजिएका आमा दिदी बहिनी र बुबा दाजुहरू तम्तयार थिए। ठ्याक्कै साढे १० बजे नेपाल पर्यटन बोर्डका सिइओ दीपक राज जोशी, भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीसहितको टोली पञ्चे बाजाको अगाडि ब्यानर बोकेर जब सडकमा हिड्न थाले वरिपरिका विदेशी पर्यटकहरु अचम्मित मानेर रमिता हेरिरहे। पञ्चेबाजाको तालमा नाच्दै गाउँदै करिब साढे ५ सयको टोलीले झन्डै एक किमी सडक ढाकेका थिए। पञ्चेबाजाको तालसँगै विभिन्न पोशाकमा सजिएका महिला, पुरूषदेखि बालबालिकासम्मको लामले माहोल झनै रोमाञ्चक बनेको थियो। हल्लनचोकबाट सारंगी रेट्दै र पञ्चे बाजामा नाच्दै पर्यटन बोर्डसम्म करिब तीनकिलोमिटर क्षेत्रमा ¥याली निकालिएको थियो। र्रुयालीमा भाग लिएका होमस्टे सञ्चालकले नाचगान गर्दै रौनक थपेका थिए । पोखरा होस् या काठमाडौं बेलाबेला आयोजना हुने मनोरञ्जनात्मक मेलामा यस्तै भीड हुन्छ। नाचगानका कार्यक्रम लिएर विभिन्न जातीय समुदाय ती मेलामा सहभागि हुन्छन्। ती मेलामा नाचगान, खानपिन, खेल, मनोरञ्जन, बालउद्यान, रेस्टुरेन्टले भरिएका हुन्छन्। तर शुक्रबार पर्यटन बोर्ड परिसर पोखरामा लागेको मेला अन्यत्रको भन्दा निकै भिन्न शैलीको थियो । महोत्सवमा किनबेचको कुनै मेला चलेको थिएन, विभिन्न परिकार र कन्सर्ट थिएनन्। आज लागेको मेलामा प्रत्यक्ष सामान किनबेच भन्दा फरक शैलीमा गाउँको बारेमा जानकारी दिने विभिन्न स्टलहरू सजाइएको थियो।

त्यही स्टलमा मौलिक भेषभूषामा चिटिक्क परेर बसेका युवतिले आफ्नो गाउँको बखान गर्दै पाहुनालाई ‘हाम्रो गाउँ–ठाउँ घुम्न आउनुस् है’ भन्दै निम्ता दिन ब्यस्त थिए। होमस्टे (घरबास) कार्यक्रमलाई विस्तार र प्रचार–प्रसार गर्न पहिलोपटक पोखरामा होमस्टे मार्ट संचालन गरिएको हो । त्यही मार्टले शुक्रबार बोर्ड परिसर जातीय पोशाकमा सजिएका युवा–युवती र गाउँका उत्पादनले रंगिएको थियो। करिब दुई दर्जन होमस्टेले सहभागीता जनाएको कार्यक्रममा आफ्नो गाउँको परिचय र घुम्नुका कारणबारे जानकारी दिने फ्लेक्स झुन्डाएर पाहुनालाई घुम्न प्रोत्साहन दिँइएको थियो। मार्टमा होमस्टे सुविधा भएका गाउँका स्टल छन्। तिनले आ–आफ्ना सूचना सहितका ब्रोसर र पुस्तिका बाँडिरहेका छन्। ‘हामीले दर्शकलाई होमस्टे चिनारी भएका पुस्तिका निःशुल्क बाँडिरहेका छौं’, मार्टका सह–संयोजक तारानाथ पहारीले भने,–‘होमस्टेका समस्या र सम्भावनाबारे छलफल पनि चलाइरहेका छौं।’ बाटुलेचौरका धनबहादुर गन्धर्व नेतृत्वको टोलीले सारंगी बजाएर मार्ट उद्घाटन गरेको थियो। 

‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने मूल नारासहित पहिलो पटक सञ्चालन भएको होमस्टे मार्टले पाहुनालाई गाउँ घुम्न प्रोत्साहन दिने विश्वास मुख्य आयोजक नेपाल पर्यटन बोर्डले लिएको छ। ‘हामी भविष्यमा पनि यस्तै मार्ट अन्यत्र पनि गर्नेछौं’, बोर्डका सिइओ दिपकराज जोशीले भने–‘पर्यटन बोर्ड होमस्टेहरुको डिजिटल मार्केटिङका लागि अघि बढिसकेको छ।’  मार्टको उद्घाटनमा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले होमस्टेबारेको शिक्षा फैलाउन, होमस्टेको प्रवद्र्धन गर्न र गाउँलेलाई प्रोत्साहन दिलाउन मार्ट संचालन गरेको बताए। ‘होमस्टे अहिले पर्यटनमा फरकपन हो । यसलाई बिस्तार गर्न जरुरी छ,’ उनले भने–‘त्यसमा बोर्डको सहयोग र सहकार्य हुनेछ।’ केही अघिसम्म पर्यटकले निकै सुविधा खोज्ने गरेपनि अहिले नयाँ अनुभव बटुल्न चाहेकोले होमस्टे ती पाहुनाका लागि नयाँ गन्तव्य हुनसक्ने उनले प्रष्ट्याए। बोर्डका पोखरास्थित अधिकृत सूर्य थपलियाले होमस्टेको प्रचार–प्रसारमा यस्तो मार्टले सघाउने विश्वास व्यक्त गरे।
पहिलो पटक आयोजित मार्टमा गण्डकी र धवलागिरीका २४ वटा होमस्टेले स्टल राखेका छन्। एकै आकारका ती स्टलमा सम्बन्धित गाउँको बारेमा जानकारी दिने फ्लेक्स टाँसिएको छ। पर्चा र पम्प्लेट छन्। सहभागीहरुले आ–आफ्नो होमस्टेको प्याकेज र्सार्वजनिक गरिरहेका छन्। गाउँको आकर्षण, खानाको परिकार, कोसेली लगायतको जानकारी आगन्तुकहरूले लिइरहेका छन्। हरेक गाउँ पर्यटकीय ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेका गाउँमा पाहुना पु¥याउन यो मार्ट सहयोगी हुने अपेक्षा भिटोभले गरेको छ,’ ‘यस्तो मार्टले होमस्टेको प्रचारमा सघाउ पुग्नेछ। होमस्टेको वास्तविक संचालन तरिका पनि यो मार्टमा सिकाइनेछ। त्यसले संचालनबाट लिने फाइदाको तरिका थाहा हुनेछ,’ भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले भने।

त्यसअघि सरकारले २०६७ सालमा कार्यविधि लागू गरेर होमस्टे दर्ता सुरु गरेको थियो। कम्तिमा ५ वटा घरले समूह दर्ता गरेपछि होमस्टे संचालन गर्न सकिन्छ। प्रयाप्त होमस्टे भए पनि ती सबैले पाहुना पाउन सकेका छैनन्। यो मार्टले पर्यटन व्यवसायी र होमस्टे संचालकलाई जोड्न सक्ने भिटोभका पूर्वमहासचिव राजकुमार थापाले बताए। वर्षैभरी घुम्नका लागि आवश्यक सुन्दर गाउँ हाम्रै वरिपरि छन्। हामीले तीनको महत्व अझै बुझ्न सकेका छैनौं यस्तो मार्टले वर्षौ अघिदेखि होमस्टे संचालन गरे पनि प्रवद्र्धनका लागि यो उचित वातावरण मिलेको थापाको जिकिर थियो। ‘धेरै अगाडिबाट होम स्टे सुरू गरे पनि हामीले पाहुना पाइरहेका थिएनौ। यसको बारेमा जानकारी त्यती धेरै पाएका थिएनांै। तर यस्तो मार्टले हामीले कसरी हाम्रो होमस्टेसम्म पर्यटक ल्याउन सकिन्छ भन्ने जानकारी मिल्ने छ’– कार्यक्रममा सहभागी बाग्लुङ भकुण्डे होमस्टेकी मुना थापाले बताइन्। उनले यस्तो अवसर पहिले नै पाएको भए सायद होमस्टे अझै विकास हुन्थ्यो कि भन्ने अपेक्षा समेत गरिन्। यस्तो मार्टले पर्यटक र होमस्टेबीचको ग्याप पुरा हुन सक्ने र बजारसम्म पहुँच पु¥याउने सहभागीको विश्वास छ। पर्यटनबारे विशेष मन्तव्य दिँदै पर्यटनविद् झलक थापाले नेपाल चिनाउने माध्यम नै पर्यटन भएको बताए। ‘हामीले पर्यटनबाट पैसा कमाउन मात्र खोज्यौ । तर, संस्कार देखाएर पाहुनाको मन जित्न कहिल्यै खोजेनौ,’ उनले भने–‘अहिलेको मार्टले त्यही तरिका सिकाउनेछ, जसले कुन गाउँको संस्कार के रहेछ भनेर एकअर्कामा साट्न सघाउनेछ। उद्घाटन शत्रपछि विभिन्न गाउँका नृत्य प्रस्तुत गरिएको थियो । लगत्तै छलफल कार्यक्रम चलाइयो । ‘अबको होमस्टेको बाटो’ शीर्षकमा पत्रकार अमृत भादगाउँलेले पर्यटन बोर्डका सिइओ जोशी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पालिखे, भिटोफ नेपालका पूर्व महासचिव राजकुमार थापा र पर्यटनकर्मी बासु त्रिपाठीसँग छलफल चलाए । त्यसपछि लबिसा उप्रेतीले होमस्टेको संभावना र चुनौतीबारे छलफल चलाइन् । छलफलमा संयोजक थपलिया, नाट्टा पश्चिमाञ्चलका अध्यक्ष दिल गौतम, टानका कार्यबाहक अध्यक्ष हरि भुजेल र भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारी सहभागी थिए । त्यसैगरी राजकुमार लामाले होमस्टे व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । साथै कार्यक्रमको बीचमा गाउँलेहरुको नाचगानले रोमाञ्चक बनाएको थियो । कार्यक्रममा भिटोफ पोखराले प्रकाशन गरेको भित्ते क्यालेण्डर बोर्डका सिइओ जोशीले बिमोचन गरेका थिए । मार्ट शनिबारसम्म चल्नेछ । शनिबार नेपाली खाना मेनुबारे परिकारविद् शुरेशचन्द्र बस्नेतले जानकारी गराउने छन् भने होमस्टे बजारीकरण कार्यक्रमको सहजीकरण पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई र पत्रकार चन्द्र काफ्लेले गर्नेछन् । त्यसैगरि गाउँ पर्यटनमा मिडियाको भूमिका विषयमा पत्रकार केशवशरण लामिछाने र होमस्टेमा महिला नेतृत्वका चुनौती विषयमा पत्रकार दूर्गा राना मगरले कार्यक्रम सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।


Post a Comment

 
Top