0
गोल्डेन न्यूज संवाददाता
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन  (केएफसी) रेष्टुरेन्टले पोखरामा शाखा सञ्चालनमा ल्याएको छ । नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित के.एफ.सी. ले राजधानी बाहिर पहिलोपटक पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाइडमा शाखा विस्तार गरेको हो ।  लगानी विस्तारको क्रममा पर्यटकीय नगरी पोखरामा शाखा स्थापना गरिएको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् । आरजे कर्प अन्तर्गतको देव्यानी इन्टनरनेशनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आइरहेको छ । काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । ‘केएफसीका पारखीहरु संसारभर छन्,’ उनले भनिन्, ‘पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने भएकाले पनि धेरैको रोजाइमा पर्ने हाम्रो विश्वास छ ।’ पोखरा शाखाको ‘ब्राण्ड कन्ट्रोल’ काठमाडौंबाटै गरिनेछ । केएफसीको बास्तविक स्वाद पोखरामा उपलब्ध हुने कम्पनीको दावी छ । पोखरामा शाखा स्थापना भएको पहिलो दिन नै केएफसीका पारखीहरुको उत्साहजनक उपस्थिति देखिएको भट्टले बताइन् । अमेरिकी ब्राण्ड केएफसी नेपालमा सन् २००९ अक्टोबरमा संचालनमा आएको हो । पोखरा शाखामा १ सय ५५ जनाको क्षमता छ । ‘४० जना कर्मचारीमार्फत पोखराका ग्राहकको सेवा गर्छौं,’ भट्टले भनिन्, ‘बिहान ११ देखि राती ११ बजेसम्म नै केएफसी पोखरा खुल्ला रहन्छ ।’ आर जे कर्प अन्तर्गतकै वरुण वेभरेजले नेपालमा पेप्सी ब्राण्डको बिक्री गर्दै आइरहेको छ ।



Post a Comment

 
Top