0
बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्ध विशाल बजार, महेन्द्रपुलले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)  को प्राविधिक सहयोगमा शनिबार गरेको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण शिविरमा करिब २ सयको निःशुल्क परीक्षण गरिएको छ । सहकारीको १०औं स्थापना दिवसमा शेयर सदस्य र सर्वसाधारण लाई स्वास्थ्यबारे सचेतना दिन र सहज रुपमा सेवा उपलब्ध गराउन कार्यक्रम गरिएको हो । वरिष्ठ फिजिसियन डा.मुकुन्द प्रसाद आचार्यले जीवन शैली, वातावरण, खानपानकै कारणले अधिकांश नसर्ने खालका रोग लाग्ने भएकाले स्वास्थ्य रहन त्यसै अनुरुपको जीवनशैली अपनाउनु जरुरी भएकोमा जोड दिए ।  कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा। दीपेन्द्रमान श्रेष्ठले विश्वभर नै क्यासर बढिरहेको र नेपालमा स्तन क्यानसर भयावह हुँदै गएकाले यसबारे सजग हुन आग्रह गरे ।  युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै सबैलाई स्वास्थ्य सेवासम्म पहुँच पु¥याउन युआरएलले सहयोग गर्दै आएको बताए । उनले सामाजिक उत्तरदायित्व वोध गर्दै पोखरा र आसपासमा जिल्लामा विभिन्न संघ, संस्थासँगको सहकार्यमा निःशुल्क शिविर भइरहेको जानकारी दिए ।  सहकारीका अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम संचालन सदस्य लक्ष्मी कार्की भण्डारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक शान्ति आचार्य र स्वागत महिला समिति सदस्य सम्झना रेग्मीले गरेकी थिइन् ।




Post a Comment

 
Top