0
गोल्डेन न्यूज संवाददाता
नयाँ बर्ष २०७४ को शुभारम्भ संगै पञ्चम आयुर्वेद क्लिनिक इन्द्रचोकमा आयुर्वेद डायविटिज क्लिनिक  संचालनमा आएको छ । डायविटिजका बिरामीहरुलाई उत्कृष्ट परीक्षण, उपचार तथा परामर्श दिने उद्देश्यका साथ क्लिनिक संचालन गरिएको र क्लिनिकमा आयुर्वेद विशेषज्ञहरुले सेवा दिने संस्थाका संचालक विष्णु शर्मा चापागाइँले जानकारी दिए । सुगर तथा डायविटिज विभिन्न कारणले हुने र यसका कारणहरुलाई समयमा बुभ्नसके यो रोग लाग्न बाट बच्न सकिन्छ । हाल नेपालमा पनि सुगर अत्यन्त तीव्र गतिमा फैलिरहेको पाइन्छ । आयुर्वेद उपचार र  स्वस्थ्य जीवन शैलीले रोग हुनबाट बच्नुका साथै सुगरलाई नियन्त्रणमा राख्न सकिने गण्डकी अञ्चल आयुर्वेद प्रमुख डा. ओम प्रकाश कलौनीले जानकारी दिए। उनले आयुर्वेदमा यस्तो पहल हुनु समग्र आयुर्वेद विकासका लागि राम्रो भएको समेत बताए । सुगर हुन सक्ने सम्भावनाहरु वंशानुगत सुगर भएमा, चालिस बर्ष पछि, मोटोपन भएमा, नियमित व्यायाम नभएमा, चिन्ता तनाव भएमा सुगर हुन सक्ने सम्भावना हुन्छ । सुगरका लक्षणहरु तिर्खा बढि लाग्ने, पिसाब बढि लाग्ने, थकाइ बढि लाग्ने, आँखा कमजोर हुने, दुब्लाउने, भोक बढि लाग्ने, यौन शक्तिमा कमि जस्ता लक्षण भएमा सुगर हुन सक्छ ।  यहि बैशाख ८ र ९ गते निःशुल्क डायविटिज परीक्षण स्वास्थ्य शिविर  संचालन हुने पनि क्लिनिकले जनाएको छ ।



Post a Comment

 
Top