0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ मनपा वडा नं. १७ ड्याम साईडस्थित ड्याम साईड टोल विकास संस्थाको १६आंैं साधारणसभा तथा आठौंं अधिवेशनबाट शिवमाया श्रेष्ठको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएका छन्। समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सह–कोेषाध्यक्षमा कविता वराल र सदस्यहरुमा कुष्णकुमार श्रेष्ठ, सुनिल हिराचन, शान्ति थापा मगर, गीता परियार, बुद्धिमाया तामाङ र शुष्मा सापकोटा सर्वसम्मत चयन भएका छन्। त्यस्तै सल्लाहकारमा वेदु सापकोटा, संरक्षकमा विष्णुराज वराल, कल्पना श्रेष्ठ, ऋण समितिको संयोजकमा दुर्गा लिगल, सदस्यहरुमा शिवजी बराल र दया शंकर रजक साथै सह–व्यवस्थापकमा कमला भट्टराई र लोकबहादुर बराल रहेका छन्।
कार्यक्रमको ८४ वर्षीय जेष्ठ नागरिक रनकुमारी गुरुङले उद्घाटन गर्दै मेलमिलापबाट नै विकास निर्माणको कार्य अगाडि वढाउन सकिने वताएकी थिईन् । सो अवसरमा सक्रिय सदस्यको तर्फबाट वेदु सापकोटालाई कदर पत्र प्रदान गरिएको थियो भने जेष्ठ नागरिक रनकुमारी गुरुङ र संरक्षक शोभा श्रेष्ठका छोरा राजिन श्रेष्ठलाई एसएलसीमा उत्कृष्ट भएकोमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सचिव हरिकुमार श्रेष्ठको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवमाया श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा संरक्षक विष्णुराज बराल, कल्पना श्रेष्ठ र शोभा श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए। संस्थाकी अध्यक्ष शिवजी वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष वेदु सापकोटा र संचालन सचिव हरिकुमार श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top