0
अपाङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धति समाज नेपालको संयुक्त आयोजनामा पोखरामा पाँचौ भिवोर सोसाइटी राष्ट्रिय ह्वील चियर बास्केटबल प्रतियोगिता–२०७३ आइतबारदेखि शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा अपाङ्ग खेलकुद समिति कास्कीले चितवनको फ्रेण्डशिप सोसाइटी फर स्पाइनल कर्ड इन्जुरी खेलकुद संघलाई ३१–२ स्कोरको फराकिलो अन्तरले पराजित ग¥यो ।  आइतबारनै भएको अर्को खेलमा जाउलाखेल खेलकुद संघले हीवलचियर स्पोर्ट एशोसिएशन काठमाडौंलाई ५४–११ स्कोरले पराजित ग¥यो। यसअघि समाजसेवी गणेशबहादुर भट्टराईले एक समारोहका बीच प्रतियोतिगाको उद्घाटन गरेका थिए । रेफ्रीद्वय मधु रावल र श्रीराम लामालाई बास्केटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने प्रतियोगिता संयोजक भरतविक्रम बानियाँको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वाभलम्वन जीवन पद्धति समाज नेपालका महासचिव हेम गुरुङ्गले सञ्चालन गरेका थिए । उद्घाटन अगाडि प्रतियोतिगामा सहभागी ६ टिमका खेलाडीहरुलाई ब्याण्ड बाजाको सम्मापन सहित पोखरा रंगशालामा ल्याएको थियो । सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले बाजाको व्यवस्था गरेको हो । प्रतियोतिगामा सहभागी ६ टीमलाई २ पोलमा राखेर लिगकम नकआउटका आधारमा खेल खेलाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजारसहित ट्रफी मेडल, द्वितीय हुनेले नगद १० हजार सहित ट्रफी मेडल तथा तृतीय हुने समुहले ५ हजारका साथमा ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि उत्कृष्ट र हाइयष्ट स्कोरर खेलाडीले वल्र्ड भिजनको तर्फबाट मोवाइल पुरस्कार प्राप्त गर्नेछन् ।


Post a Comment

 
Top