0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिकाको गणेशटोलमा रहेको श्री मन्टेश्वरी प्रि–स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिक्षाविद डा.गेहेन्द्रमान उदास पोखरेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उदासले अहिलेका बालबालिकालाई प्रविधि सिकाउनु पर्ने बताए ।  ‘नयाँ–नयाँ प्रविधि मार्फत विद्यार्थीले धेरै ज्ञान सिक्न सक्ने भएकोले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो’ उनले भने । आफ्नो बाबुनानीले नराम्रो कुरा नसिकोस् भनेर अविभावकले वाच भने गर्नुपर्नेमा उनको जोड थियो ।  बाल्यकालमा मनोरञ्जन गर्ने, नाच्दै, खेल्दै सिक्ने गर्ने भएकोले मन्टेश्वरी शिक्षण पद्धती प्रतिको आर्कषण बढ्दै गएको इतिहासविद समेत रहेका उनले बताए ।

श्री मन्टेश्वरीका प्रिन्सिपल संगीता न्यौपाने अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अविभावक राजाराम पौडेल, शिक्षिका निसा आचार्य, सितला अधिकारीले श्री मन्टेश्वरी प्रि स्कुलका विभिन्न गतिविधिको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत स–साना नानीबाबुले आफ्नो प्रस्तुति राखे । हाँस्य कलाकार प्रकाश रेग्मीको हाँस्य प्रस्तुतिमा विद्यार्थी र अविभावक रमाए । कार्यक्रममा मन्टेश्वरीले हरेक शुक्रबार आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल शेरिन प्रधानाङ्ग, आरव शाही, रेमन तुलाचन, प्रज्वल शर्मा, शिरिष श्रेष्ठ, प्रशान्त गुरुङ, आयन सिर्पाली, आकृती पराजुली, हर्षिका कुमारी, सिद्धान्त खनाल, गौरव सुवेदी, दिव्या गुप्ता, सोफिया रेग्मी, संकल्प थापा, आहना पौडेल, आयाम ढकाल, रियाना लामा, आयुष्मा शर्मा, सर्मिला सुनार, वविता सुनार, मानुषी अधिकारी, क्षितिज सापकोटा, रोजल परियार, जेनिष सुनार, श्रेया भट्टराई, सोयता पण्डित, कृष्मा कार्की, इसान पाण्डे, कृतन घले, प्रिति श्रेष्ठ, विकल्प राना, अनुप सुनार र रोजी क्षेत्रीलाई  पुरस्कार वितरण गरिएको थियो । दुई वर्ष अघि स्थापना भएको मन्टेश्वरीमा हाल ६० जना बालबालिका अध्ययनरत छन् । सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान दिने लक्ष्यका साथ अगाडि बढेको मन्टेश्वरीले आगामी दिनमा नृत्य, संगीत, चित्रकला र अभिनयकलाको प्रशिक्षण दिई बालबालिकाको प्रतिभा उजागर गर्ने प्रिन्सिपल संगीता न्यौपाने अधिकारीले जनाइन् ।

Post a Comment

 
Top