0
गोल्डेन न्यूज संवाददाता
पोखरा क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले शुक्रबार अवार्ड वितरण गरेको छ । पोखराका विभिन्न कलेजबाट प्लस टु र ब्याचलर्समा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई अवार्ड वितरण गरिएको एक्सपर्ट पोखराका सञ्चालक रमेश थापाले जानकारी दिए । सिद्धार्थचोकस्थित एक्सपर्टको सभाहलमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई नगद, मेडल र आकर्षक उपहारसहित अवार्ड प्रदान गरिएको हो । अध्ययनप्रति विद्यार्थीलाई प्रोत्साहन गर्न अवार्ड वितरण गरिएको थापाले बताए । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई अवार्ड वितरण गरेको हो ।‘फाउण्डेसन मार्फत हामीले विभिन्न सामाजिक काम गरिरहेका छौं,’ उनले भने, ‘यस पटक उत्कृष्ट विद्यार्थीलाई अवार्ड दिएका हौं । यो अवार्डलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।’ फाउण्डेसनले यस अगाडि रसुवामा भूकम्पबाट भत्किएको एउटा विद्यालयको भवन १६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको थियो । अवार्ड वितरणसँगै सोही अवसरमा अष्ट्रेलियन सेमिनारसमेत भएको थियो ।

Post a Comment

 
Top