0
गोल्डेन न्यूज संवाददाता
शनिबार झम्के साँझसंगै तातिएको पोखरा रंगशाला करिब दुई घण्टासम्म निकै गुन्जायमान भयो । ३ बर्ष पछि आफ्नै आगँनमा आएको नेपथ्यले आफ्नो लाईभ प्रस्तुतः गर्दा रंगशालाको माहोल तातिएको थियो भने नेपथ्यलाई दर्शकहरुले साथ दिदा रंगशालामा निकै गुन्जायमान भएको थियो ।
शनिबार दुई घण्टासम्म नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चित पप गायक अमृत गुरुङले ४ वटा नयाँ गीतसंगै करीब डेढ दर्जन गीत प्रस्तुतः गरी संगीत प्रेमीहरुलाई पोखरामा भरपूर्ण मनोरन्जन दिएका हुन । साहित्यकार सरुभक्तले लेखेको, पोखरेली कलाकार विक्रम गुरुङले कम्पोज गरेको कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन भन्ने गीतबाट शुभारम्भ गरेका गायक अमृत गुरुङले हालै मात्र बजारमा आएको सिरफूल र पछिल्लो पटक बजारमा आएका हामी नेपाली, कोसीको पानी र हो राम राम लगायतका गीत प्रस्तुत गरेका हुन् ।
अन्य कलाकारहरुले गायक गुरुङलाई साथ दिएका थिए भने मौसमले पनि शनिबार नेपथ्यलाई साथ दिदा पोखरा क्षेत्रबाट दर्शकहरु सहभागि भएका थिए । अन्य दिनमा प्राय जसो पानी पर्दै आएको थियो भने शनिबार भने पानी परेन । भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानीमाछाले खानी, रेशम, जोगले हुन्छ भेट.. लगायतका गीत गाउदा दर्शकहरुले उनलाई साथ दिंदै छमछमी नाच्न व्यस्त देखिन्थे । नेपथ्यको गीत प्रायः युवा पिंढीहरुको लोकप्रिय ब्याण्डको रुपमा स्थापित भएकोछ ।
२७ बर्ष अघि गाएको गीत समेत गायक गुरुङले प्रस्तुतः गरे । लेकैमा भरी बैसमा फूले मायाको मुस्कानमा सम्झिदेउ गीत समेत गाउदै उनले नेपथ्य २५ बर्षमा पुगेको अवसरमा पोखरामा यस्तो कार्यक्रम आयोजना गर्ने आयोजक किरण कुमार गुरुङ र सोनाम गुरुङलाई धन्यवाद दिए । आफ्नो गीत प्रस्तुतिसंगै उनले साथि भाईहरु मिलेर नेपालका डाँडा काँडा घुम्न सुझाव दिंदै आउदै गरेको नवबर्ष २०७४ सालको सम्पूर्ण नेपालीहरुमा शुभकामना समेत दिएका छन । 
नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले नयाँ गीत समेत प्रस्तुत गरेका थिए । वेलुका ८ः४५ बजे हामी नेपाली वोलको गीत प्रस्तुतिसंगै गायक गुरुङले समय मौकाले भेट भए पुनः भेटिने वाचा गर्दै सामाजिक कार्यको लागि आयोजना हुने सांगीतीक कार्यक्रममा सहयोग गर्न सहभागि हुने सम्पुर्ण सहयोगिलाई धन्यवाद दिंदै कार्यक्रमबाट विदा भएका थिए ।
गीत गाउदै गुरुङले देशमा सवै जात जाती भाषा भाषी मिलेर वस्नु पर्ने बताउँदै नेपाललै नरहे हामी कहाँको नेपाली त्यसो भएर पहिला हामी नेपाली हुनु पर्ने बताए । गुरुङले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरे । उनले राम्रो मान्छेलाई भोट हाल्न समेत सुझाव दिए । गायक गुरुङले केही साथी भाईहरु मिलेर मनाङ, मुस्ताङ सहितका देशका पर्यटकीय क्षेत्रहरुको भ्रमणमा निस्कन आग्रह गरे । नेपालमा धेरै पर्यटकीय सम्भावना भएको बताउदै उनले नेपालमा भएका धेरै डाँडा काँडाहरु घुम्दा धेरै कुरा सिक्ने मौका समेत पाईने बताए ।
कास्कीका दुई वटा सामुदायिक बिद्यालयको सहयोगार्थ भएको कार्यक्रममा सहयोग गर्नेहरु प्रति गायक अमृत गुरुङले धन्यवाद दिदै शिक्षाको उज्जालो ज्योति छर्ने अभियानमा सरिक हुन आग्रह गरे ।
पर्यटकीय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए । व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा ईभेण्ट पोखरामा भएको हो । 
कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वाँसखर्कमा रहेको भुमेश्वर आधारभूत विद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केहि रकम विद्यालयलाई सहयोग गरिने भएको आयोजक गुरुङले बताए । गौरी शंकर मनिलाल मावि र भुमेश्वर आधारभूत विद्यालयलाई करिब १५ देखि २० लाख रुपैया आर्थिक सहयोग गर्ने योजना भएको आयोजक किरण गुरुङ र सोनाम गुरुङले बताएका छन् ।






Post a Comment

 
Top