0
गोल्डेन न्यूज संवाददाता
कास्कीको माछापुच्छ«्रे गाउँपालिकाको भुर्जुङखोलामा नयाँ वर्षको अवसरमा मेला तथा माउन्टेन बाईक रेस प्रतियोगिता हुने भएको छ । स्थानीय ग्रीनफोर्स युवाको आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन, खेलकुदको बिकास, लोपन्मुख संस्कृतिको संरक्षण गर्न बैशाख १ देखि ५ गतेसम्म मेला सञ्चालन हुने छ । क्लबको १४ औँ बार्षिकोत्सबको अवसरमा माछापुच्छ्र«े गाउँपालिकाको माछापुच्छ«े माविमा मेला हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामप्रसाद गुरुङले बताए । माछापुच्छ«े गाँउपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र तातोपानी कुण्ड, भराभुरी रहेको ढुंगाखानी, दमालमा महभिर, लघु जल विद्युत परियोजना, खादरजुङको मौलाकोट, घोप्टेडाँडा, सिल्दुदेउराली माई, भुजुङखोलाको मुल्का बराहथान, छहरा, घाचोकको उकनासे भिर लगायतले आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई मनोरन्जन दिलाउने भएको अध्यक्ष गुरुङले बताए । मेलामा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी, सो क्षेत्रमा पहिचानको रुपमा रहेको रेन्वो ट्राउट माछा विक्री तथा यसको प्रवद्र्धन हुने भएको उनले बताए । मेला सम्पन्न गर्न १० लाख खर्च लाग्ने र १६ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । उनका अनुसार मेलामा एक लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । पोखराको बगर केआईसिङपुल देखि महोत्सव स्थल मोटरबाट उत्तरपश्चिम १२ किलोमिटर टाडा पर्दछ । जलवायु परिवर्तबाट हुने असरलाई न्यूनिकरण गर्न पनि आफुहरुले विगतका बर्ष देखि यस्तो प्रतियोगितालाई निरन्तरता दिदै आएको भुजेलले जनाए । माउन्टेन बाईक रेस प्रतियोगितामा राष्ट्रिय खेलाडी सहित करिब ७० जना साईकलिष्ट हरुको सहभागिता जनाउने उनले बताए । मेलाको मुख्य आकषर्णको रुपमा पाँचौं भुर्जुङ्खोला तातोपानी माउण्टेन बाईक प्रतियोगिता हुने भएको छ ।  प्रतियोगितामा माछापुच्छ्रे गाँउपालिकाको पर्यटकीय क्षेत्रहरुको १३ किलोमिटर दुरी निर्धारण गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगीतामा प्रथम हुनेले २० हजार, उपविजेताले १५ हजार, तेश्रो हुनेले १० हजार, शान्त्वनाले ५ हजार साथमा मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।  मेलामा क्लबस्तरीय भलिबल प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगितामा विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने भएको छ । विद्यालयस्तरीय नृत्य प्रतियोगीतामा प्रथम द्वितीय, तृतीय, र सान्त्वना हुनेलाई क्रमशः २०, १५, १० र ५ हजार पुरस्कार प्रदान गरिने भएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top