0
गोल्डेन न्यूज संवाददाता
एसओएस सामाजिक केन्द्र गण्डकी रामबजारले सञ्चालन गरेको ५ महिने निःशुल्क सिलाई तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिममा रामबजार, बसपार्क, नयॉगाउ‘,घारीपाटनका २८ जना महिलाहरु सहभागी थिए। 
एसओएस सामाजिक केन्द्रले  आर्थिकरुपले विपन्न वर्ग तथा दलित परिवारहरुका महिलाहरुलाई उत्थान गरी समाजमा एक प्रतिष्ठित र आर्थिकरुपमा सक्षम बनाउने कार्यक्रम अनुरुप गत मंसिरदेखि तालिम सञ्चालन गरेको थियो । तालिम समापन कार्यक्रममा बालग्रामका योजना निर्देशक  भगत कुमार श्रेष्ठले प्रशिक्षार्थीहरु लाई प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।  उक्त अवसरमा बोल्दै श्रेष्ठले तालिममा सिकेका शिपलाई व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । उनले एसओएसले सधंै विपन्न परिवारको आर्थिक स्थिति मजवूत बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै यसको फाइदा महिला र बालबालिकाहरुले पाउने स्पष्ट पारे । 
कार्यक्रमका प्रशिक्षक सुजन परियारले तालिममा सिकेको सिप सदुपयोग गर्न अनुरोध गरे ।  
प्रशिक्षार्थी जमुना नेपाली र देवी के.सीले एसओएसप्रति आभार प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका इन्चार्ज राजेश आधिकारीले गरेका थिए ।

Post a Comment

 
Top