0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसले सात प्रदेशमा मुख्य चुनावी सभा गर्ने भएको छ । निर्वाचन परिचालन समितिको बैठकले सभा गर्ने ठाउँ र मिति समेत टुंगो लगाएको छ । सभाको सुरुवात प्रदेश नम्बर ७ बाट हुनेछ । त्यस क्षेत्रको सभा कैलालीमा चैत २७ गते हुनेछ । प्रदेश नम्बर ५ को सभा तुलसीपुरमा २८ गते र २९ गते रुपन्देहीमा, ४ को पोखरामा २० गते हुनेछ । प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ । सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुले आमसभामा समन्वय र सहयोग पु¥याउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । कांग्रेसले समन्वय उपसमितिहरु पनि बनाएको छ । आर्थिक स्रोत परिचालन, प्रचार(प्रसार समन्वय, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा सचेतना समन्वय, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ । समितिले मंगलबार पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसदहरु र शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने तय गरेको छ ।

Post a Comment

 
Top