0
नेपाली कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको पोखरा लेखनाथ महानगर इकाइ र कास्की जिल्ला समितिले संयुक्त रुपमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो ।  कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आशन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसलाई जिताउन सकेमात्र संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत हुने बताए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले कर्मचारीहरुले कर्तव्यनिष्ठ भएर काम गर्न र सेवाग्राहीलाई राम्रो सेवा  दिन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पोखराका सभापति बजिरमान श्रेष्ठ, स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष ओमराज पौडेल, केन्द्रीय सदस्य चन्द्रावती वाग्ले र ई. सुरेन्द्र पाण्डे, निरीक्षण शाखा प्रमुख वसन्त चालिसे, प्रशासन शाखा प्रमुख अनन्त कोइराला, युनियनका पोखरा लेखनाथ महानगर इकाइका अध्यक्ष चूडामणि तिवारी र उपाध्यक्ष सुशिला पौडेल पराजुली लगायतले नयाँ वर्षले महनगरको समग्र विकास र महानगरवासी एवं कर्मचारीहरुको हितका लागि महत्वपूर्ण काम गर्नेै प्रेरणा संवद्ध पक्षलाई दिने बताएका थिए । कार्यक्रमको अध्यक्षता युनियनका कास्की जिल्ला अध्यक्ष ई. सुरेन्द्र पौडेलले गरेका थिए भने संचालन महानगर इकाइ अध्यक्ष चूडामणि तिवारीले गरेका थिए ।



Post a Comment

 
Top