राज्यको मूल प्रवाहबाट शताब्दीऔं देखि थिचिएका, मिचिएका र किचिएका तत्कालिन शुद्रहरु भनिने नै वर्तमानका ‘दलित’ हुन । जातपात छुवाछुत, उचनिच, ठूलो सानो र भेदभावको ठाडो सिकार भएका दलित नेपालका अल्पसंख्यक होइनन् । शरणार्थी होइनन् । अप्रावासी होइनन् र दास पनि होइनन् । यी पनि नेपालका सन्तती हुन र नेपालका सोझा, इमान्दार, कला, कौशल र सीपका धनी सामाजिक अभियन्ता ९क्यअष्ब िभ्लनष्लभभच० हुन् । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्या २, ६४, ९४, ५०४ रहेको छ । यसमा १३.८ प्रतिशत जनसंख्या दलित समुदायको रहेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ १२५ जातजाति एक आपसमा मिलेर बसेका छन् भने १२३ मातृभाषाहरु बोलिन्छन् । वर्तमान अवस्थामा देशमा पुनःसंरचना भएपछि तथा राजनैतिक पद्धति समावेशी भएपछि यहाँ जाती विशेषको चासो बढेको छ । जातीय आधारमा विभिन्न समूहमा विभाजन गरिएको छ । यसै विभाजनमा दलित पनि एउटा समूह हो । यो एउटा समुदाय हो । नेपाल सरकार राष्टिूय दलित आयोगले हालसम्म २६ जातजातिलाई दलित समुदायमा अनुसूचित गरेको छ र दलितको स्पष्ट रुपमा परिभाषित पनि गरेको छ । “हिन्दु वर्णाश्रम जातिव्यवस्था १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाति भनि जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, अािर्थक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा राज्यको मूल प्रवाहबाट पछाडि पारिएका जात जातिका समुदायलाई दलित वर्ग भनि परिभाषित गरिएको छ ।” नेपालमा दलित समुदायको बसोबास हिमाल, पहाड र तराई सबै क्षेत्रमा छरिएर रहेको छ । बसोबासका आधारमा दलित समुदायलाई पहाडे मूल र मधेशी मूलका दलित समुदाय भनी दुई समूहमा राखिएको छ । पहाडे मूलका दलितहरुमाः गन्धर्व (गाईने), परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के), बादी, विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा), मिजार (सार्की, चर्मकार, भूल), पोडे (देउला, पूजारी, जलारी) र च्यामे (कुचिकार, च्याम्खल) गरी सात जातिहरु रहेका छन् भने मधेशी मूलका दलित जातिहरुमा कलर, ककैहिया, कोरी, खटिक, खत्वे
(मण्डल, खड्ग),चमार (राम, मोची, हरिजन, रविदास) चिडिमार, डोम (मरिक), तत्मा (ताँती, दास), दुसाध (पासवान हजरा) धोबी (रजकहिन्दु), पासी, बाँतर, मुसहर, मेस्तार (हलखोर), सरभङ्ग (सरबरिया), नटुवा, ढाडी र धरिकर÷धन्कार गरी जम्मा १९ जातिहरु छन् । (स्रोतः राष्ट्रिय दलित आयोग)
कास्की जिल्लामा दलितको जातिय अवस्था ः कास्की जिल्लामा बहुजाति, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक परम्परा र रितिरिवाजमा आस्था राख्ने मानिसहरुको बसोबास रहेको छ । ग्रामिण क्षेत्रमा आफ्रनो जातजाति तथा परम्परा अनुसार छुट्टाछुट्ट्रै वस्ती विकास भएका छन् भने शहरी तथा बजार क्षेत्रमा सबै जातजाति एकै ठाउँमा मिलेर बसोबास गर्ने संस्कृतिको विकास भएको छ । यस जिल्लामा ८६ जातजातिहरुको बसोबास रहेको पाईन्छ । कास्की जिल्लामा रहेका प्रमुख १० जातिहरु मध्ये दलित जातिका जातजातिहरु पर्दछन् । दलित जातिको जनसंख्या कास्की जिल्लामा उल्लेखनीय रुपमा रहेको छ । प्रमुख तिन दलित जातिको जनसंख्या साविक गा.वि.स.र नगरपालिकामा कस्तो अवस्था छ भनेर तथ्यांक प्रस्तुत गरिएको छ ।
Post a Comment