0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लवले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्स्यायन बृद्धाश्रमलाई सहयोग रकम प्रदान गरेको छ । क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताब्यापी कार्यक्रमको तेश्रो दिन सोमबार बात्स्यायन बृद्धाश्रममा सहयोग रकम तथा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको बृद्धाश्रम सहयोग कार्यक्रमका संयोजक कार्यसमिति सदस्य सावित्री थापाले जानकारी दिइन। वात्स्यायन बृद्धाश्रम पुगेका युनाइटेड क्लवका पदाधिकारी हरुले बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीलाई नगद १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।  सो अवसरमा वोल्दै बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीले युनाइटेड क्लवले सामाजिक क्षेत्रमा पु¥याएकोे योगदान सह्रानीय रहेको बताउँदै सहयोगको क्रममा बात्स्यायन वृद्धाश्रमलाई पनि सम्झेकोमा आभार ब्यक्त गरे। युनाइटेड क्लवको सामाजिक अभियानलाई आफुले ब्याक्तिगत तथा संस्थागत रुपमा सहकार्य गरेर अगाडि वढ्ने समेत जिसीले प्रतिवद्धता ब्यक्त गरे । वि.सं. २०६८ सालमा स्थापना भएको वृद्धाश्रममा हाल १४ जना बृद्धबृद्धाहरु आश्रित रहेका छन् । सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइेटड क्लवले स्थापना कालदेखिनै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको अभियानमा लागेको र सो अभियान अन्तर्गत अहिले पहिलो चरणमा पोखरा लेखनाथको पचभैयामा वन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भएको र आगामी वैशाख ७ गते क्लवको वार्षिकोत्सवको अवसर पारी उद्घाटन गरिने बताए युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखि नै सामाजिक काममा अगाडि बढिरहेको र सातांै वार्षिकोत्सवको अवसर पारी बैशाख २ देखि ७ गतेसम्म पोखरामा विभिन्न सामाजिक क्रियाकलापहरु गरिरहेको बताए । क्लवले वार्षिकोत्सवको अवसर पारी मंगलबार पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षण कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रमको आयोजना गरिएको क्लवका महासचिव तथा सेती संरक्षण अभियान कार्यक्रमका संयोजक राजु श्रेष्ठले जानकारी दिए। सेतीनदी संरक्षण कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलको प्रमुख आतिथ्यतामा रंगशाला गेटबाट सेती नदी संरक्षणको कार्यक्रम शुरु हुने समेत श्रेष्ठले बताए । साताब्यापी कार्यक्रम अन्तर्गत वैशाख ६ गते महेन्द्र मावि लामाचौर घार्मीमा छात्रवृत्ति अक्षयकोष स्थापना कार्यक्रम र अन्तिम दिन ७ गते पोखरा लेखनाथ ३१ पचभैयामा चिडियाखाना निर्माणको लागी रकम हस्तान्तरण तथा प्रस्तावित अन्तर्राष्ट्रिय चिडियाखाना भित्र निर्माण सम्पन्न भएको तथा वन्यजन्तु उद्धार केन्द्रको उद्घाटन र साँझ अमरसिंह चोकमा दीप प्रज्वलन कार्यक्रम गरिने साताब्यापी कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।







Post a Comment

 
Top