0
गोल्डेन न्यूज संवाददाता
फेवासिटी हस्पिटल नागढुङ्गामा सञ्चालन भएको ८ वर्ष पुग्यो । र फेरी अहिले चरक हस्पिटल पनि नागढुङ्गामै आउँदै छ । चरक हस्पिटल निर्माणाधिन अवस्थामा रहेको छ । दुई ठूला अस्पताल घर नजिकै आउनु नागढुङ्गाबासीका लागि खुुशिकै कुरा हो । तर ती हस्पिटलहरुले सुविधासंगै आफूहरुसंग रोग पनि बाँड्ने भन्दै नागढुङ्गाबासीहरुले विभिन्न १४ बुँदे माग अगाडि सारेका छन् । दुबै अस्पताल समक्ष उनीहरुले आफ्नों मागपत्र पेश गरिसकेका छन् । मागपत्रमा स्थायीनलाई औषधि–उपचारमा छुट, रोजगारमा स्थानीयलाई प्राथमिकता, हस्पिटलबाट निस्कने बिकिरण तथा फोहोरजन्य वस्तुको उचित व्यवस्थापन, ढल तथा आकासे पानी निष्काशनको उचित व्यवस्थापन, पार्किङ्गको उचित व्यवस्थापन, अस्पतालले निर्वाह गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा नागढुङ्गाबासीसंग सहकार्य लगायतका माग रहेका छन् ।

नागढुङ्गाबासिको बृहत टोल भेलाले निर्णय गरे अनुसारको माग उनीहरुले अगाडि सारेका हुन् । भेलाले नागढुङ्गा युवा क्लवले नेतृत्व लिने गरि नागढुङ्गा आमा समुह, नागढुङ्गा टोल विकास संस्था, नागढुङ्गा विकास समाज, एयरपोर्ट टोल विकास संस्था सदस्य गरेको सहजिकरण समूह पनि तयार पारेको छ । १८ सदस्यीय समूहमा नागढुङ्गाका अगुवाहरु पनि आवद्ध रहेका छन् । यसैबीच, समूहले अस्पताल सामु राखेको मागका बारेमा पोखरा–लेखनाथ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीमा सहयोगको आग्रह सहितको ज्ञापन–पत्र शुक्रबार पेश गरेका छन् । उनीहरुले नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल र जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी समक्ष ज्ञापन–पत्रको बोधार्थ बुझाएका हुन् । ज्ञापन–पत्र बुझ्दै पौडेल र सुवेदीले स्थानीयवासीले अस्पताल समक्ष राखेको माग जायज भएको बताए । उनीहरु दुबैले समूहको माग पुरा गराउन आ–आफ्नों ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे । ‘हाम्रा मागबारे अस्पताल पक्ष पनि सकारात्मकनै छन्, छिटै हामी र अस्पताल प्रशासनबीच सहमति हुने विश्वास लिएका छौं’–नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले भने ।

Post a Comment

 
Top