0
गोल्डेन न्यूज संवाददाता
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाप्रति आस्था र विश्वास  सिर्जना गर्नेमा  बार नै अग्रपङ्क्तिमा भएको बताएका छन् ।  “नेपाल बार एसोसिएशनको अभियान, नेपालको संविधान कार्यान्वयन’ मूल नाराका साथ शुक्रबारदेखि पोखरामा सुरु भएको नेपाल बार एशोसिएशनको ४४ आँैं कार्यकारिणी परिषद्को बैठक तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले न्यायापालिका प्रतिको आस्थामा तुषारापात भएमा बारको पनि सम्मान नरहने बताए । विधिको शासन, लोकतन्त्र, मानवअधिकार र संवैधानिक सर्वोच्चताको लागि बारले चाल्ने हरेक अभियानमा आप्mनो साथ रहने विश्वास दिलाउँदै उनले वर्तमानलाई भरोसायोग्य र भविष्यलाई सुरक्षित बनाउनका लागि यसलाई  सक्षम संस्थाको रूपमा उभ्याउनुपर्नेमा जोड दिए।  नेपाली जनताको लामो बलिदान, त्याग र सङ्घर्षबाट नयाँ संविधान जारी भएको उल्लेख गर्दै उनले यसमाा भएका थुप्रै हक र अधिकारको प्रत्याभूति दिनु न्यायालय र बार दुबैको अहम् दायित्व भएको विचार व्यक्त गरे । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले संविधान कार्यान्वयन हुन नदिनेतर्पm षड्यन्त्र भइरहेकोले यसतर्पm सचेत रहन सबसँग आग्रह गरे । उनले संविधान कार्यान्वयनको मूलआधार तीनवटै निर्वाचनलाई सफल पार्न बारको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे ।  नेपाल बार एसोसिएसनका केन्द्रिय अध्यक्ष  शेरबहादुर केसीले  स्थानीय तहको निर्वाचनबाट सिंहदरबारको अधिकार गाउँघरमा पुग्न जाने भएकाले यसलाई सफल बनाउन बारले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए ।  बारका उपाध्यक्ष घनश्याम पन्त, शालीग्राम सापकोटा, उषामल्ल पाठक र महासचिव खम्बबहादुर खातीले  न्यायापालिका प्रति जनताको आस्था र भरोसालाई उच्च बनाउन  बारले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कानुन व्यवसायी श्याम विश्वकर्मा,  सुधा  काफले, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, उद्योगपति सूर्यबहादुर केसीलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । 
दुई दिनसम्म चल्ने सो कार्यक्रममा केन्द्रका पदाधिकारी, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ता र बार इकाइका अध्यक्ष र सचिव  गरी करिब ६०० जना कानून व्यवसायीको सहभागिता रहेको छ ।

Post a Comment

 
Top