0
गोल्डेन न्यूज संवाददाता
पोखरामा “मिस भर्सटाईल २०७४” हुने भएको छ ।  सारेगम इन्टरटेनमेन्ट हाउसले एसर्ईई दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने भएको हो । व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले अहिले चलिरहेको व्युटि प्रिजेन्ट भन्दा पृथक तरिकाले मिसभर्सटाईलको आयोजना गरिने कार्यक्रम संयोजक सुरेनकुमार सुशिलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुने छात्राहरुलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स, मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा २५ दिन प्रशिक्षण गराईनेछ ।  यो कार्यक्रम विषेशतः अवार्ड वेश र टिभी रियालिटी शोमा केन्द्रित हुनेछ । मिस भर्सटाईल विजेता, फस्ट रनर अफ र सेकेन्ड रनर अफ हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारको साथमा सिल्भर क्राउन, छात्रवृत्ति साथै अन्य अवसरहरु प्राप्त गर्नेछन् भने कार्यक्रममा प्रवेश शुल्क १० हजार रुपैयाँ लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो । आगामी जेठ १३ गते पोखरा उद्योग वाणिज्य संघमा फाइनल हुने यस कार्यक्रमको लागि छिट्टै नै दर्ता खुल्ला गरिने संयोजक सुशिलले जानकारी दिए । सारेगम इन्टरटेनमेन्ट हाउस २०६६ सालमा स्थापना भई पोखराको क्षेत्रमा कला र संस्कृतिको जर्गेना गर्ने काम गर्दै आएको संस्था हो ।

Post a Comment

 
Top