0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालि का वडा नं २६ अर्घौंमा रहेको लक्ष्मी माविमा सोमबार भएको कार्य समितिको बैठकले आगामी तीन बर्षका लागि रामकृष्ण जिसीको  अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ। सर्वसम्वत रुपमा गठन भएको समितिको सदस्यहरुमा सूर्य भुजेल, खेमराज ढुंगाना र महिला सदस्यहरुमा बृद्धा सुबेदी, हरि प्रिया पौडेल र सिता भण्डारी रहेका छन् भने शिक्षक प्रतिनिधि ईश्वरी जिसी  र समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ऋषिकेश बराल रहेका छन्। विद्यालयको स्थापना कालदेखि नै विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै अर्घौ गाविस वडा नंं ९ को वडा अध्यक्ष लेखनाथ नगरपालिकाको वडा नंं ३ को पनि वडा अध्यक्ष भईसक्नु भएका जिसीले शिक्षा मन्त्रालय र जिल्लाबाट उत्कृष्ट भई पुरस्कृत समेत भईसकेका छन । विगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्य गर्र्दै आएका जिसी यस अघि पनि तीन कार्यकाल अध्यक्षमा चयन भई विद्यालयमा  अतुलनीय  योगदान गदै आएका छन् । जिसी रेडियो लेखनाका अध्यक्ष समेत छन् ।

Post a Comment

 
Top