0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा माछापुच्छ«्रे भिलेजको निर्वाचन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। निर्वाचनले सन २०१७–२०१८ को कार्यकालको लागि तीर्थराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
त्यसै गरि प्रथम उपाध्यक्षमा घनश्याम शर्मा, द्वितीय उपाध्यक्ष शोभाकान्त शर्मा , तृतीय उपाध्यक्ष प्रकृतिराज तिमिल्सिना रहेका छन। सचिव विजय पहारी, कोसाध्यक्ष पवित्रमणि अधिकारी, सह–सचिव शिवराज पौडेल, सह कोषाध्यक्ष लक्ष्मण अधिकारी, टेल ट्वीस्टर राजेन्द्र गुरुङ, टेमर डिल्लिराम पराजुली, पिआरओ बल बहादुर ढकाल, अन्तर्राष्ट्रिय निर्देशक ओमप्रकाश बराल र नेतृत्व विकास निर्देशक प्रेम बहादुर मल्ल रहेका छन। नवनिर्वाचित कार्यसमितिलाइ संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक शिवराज आचार्यले शुभकामना ब्यक्त गरेका थिए। क्लबका अध्यक्ष रामजी प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष घनश्याम शर्मा र सन्चालन सचिव प्रकृतिराज तिमिल्सिनाले गरेका थिए।

Post a Comment

 
Top