0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले स्याङ्जा जिल्लाको गल्याङ्गमा शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्रनाथ बास्तोलाद्वारा भानुभक्त मा.बि.का प्राचार्य रामकान्त पाठकलाई छात्राबृत्ति प्रदान गरि शाखाको उद्घाटन गरे। कार्यक्रममा सञ्चालक रविन्द्रनाथ बाँस्तोला र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकको विविध गतिविधि बारे जानकारी गराएका थिए । उक्त अवसरमा हुलास मा.बि.का प्रिन्सिपल भेमला बराल, गरिमा विकास बैंक लि.का संचालक श्यामप्रसाद बस्याल, भू.पू. सैनिक समाजका अध्यक्ष चन्द्रप्रसाद रखाली, गल्याङ्ग बजार ब्यावस्थापन समितिका अध्यक्ष जनक श्रेष्ठ र स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए।  बैंकले पर्यटन क्षेत्रमा लगानी गर्नको लागि १ महिना अघि पोखराको लेकसाईडमा शाखा खोलेको र गल्याङ्ग शाखाबाट कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरिने बैंकका कार्यत्रकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । 
ओमले मनास्लु विकास बैंकसंग मर्जरको लागि २०७३ चैत्र १ गते विशेष साधारणसभा बोलाएको छ । मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने बैंकको योजना रहेको छ । मर्जरपछि बैंकको ४२ वटा शाखा र १ लाख ७० हजार ग्राहकहरु पुग्नेछन् ।





Post a Comment

 
Top