0
गोल्डेन न्यूज संवाददाता
चौधरी ग्रुपको इओएल प्रालिले बजारको बढ्दो प्रदुर्षणलाई मध्यनजर गर्दै केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ । यसले कारभित्र शुद्ध र स्वच्छ हावा पाउन मद्धत गर्छ । खासगरी कारको क्याविनका लागि  डिजाइन गरिएको छ । यसमा प्रदुर्षणयुक्त हावालाई नियन्त्रण गर्न जापानको
हेपा प्रविधि प्रयोग गरिएको छ । म्याजिक कार प्युरिफाइरको सार्वजनिक कार्यक्रममा बोल्दै चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले सामान्यतया कारको क्याविनभित्र बाहिरको भन्दा ५÷६ गुणा बढी हावा प्रदुषित हुने बताए । प्रदुषित हावाले ३० मिनेटमै स्वास्थ्यलाई हानी गर्न सक्छ । यो प्युरिफाइरले प्रभावकारीरुपमा प्रदुषणको प्रभावलाई कम गर्न सक्ने उनले बताए । उनले भने–‘यो जनताको स्वस्थ स्वासप्रश्वासको लागि धेरै महत्वपूर्ण उत्पादन हो । मानिस जहाँ हुँदा पनि स्वस्थ राख्न यसले सहयोग गर्छ ।’
यसले कारभित्रको धुलो, खराव रसायन, भाइरस र गन्धलाई हटाएर स्वच्छ वातावरण बनाउँछ । यसमा तीन तहको फिल्टर प्रक्रिया छ । यसले ९९ प्रतिशत प्रदुषणलाई हटाएर स्वस्थ राख्ने उनले बताए ।
म्याजिक कार प्युरिफाइरमा विभिन्न विशेषता समेत रहेको छ । जसमध्ये उच्च क्षमताको धुलो संकलन प्रविधि प्रयोग भएको, उच्च क्षमताको प्रदुषण हटाउने उपकरण (पिएम २.५) भएको, ९९ प्रतिशत दुषित ग्यास र पदार्थ हटाउन सक्नेछ । यसैगरी एक्स कार्वन फिल्टरले नराम्रो गन्धलाई निश्क्रिय पार्ने,  ध्वनीरहित र सजिलो अपेरेटिङ सिष्टम भएको, आयोनाइजरमा आधारित प्युरिफाइरभन्दा उच्च क्षमता भएको र १२ भोल्टको कार चार्जर सकेटबाट सञ्चालन यसको अन्य विशेषता रहेको इलेक्ट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले जानकारी दिए ।  









Post a Comment

 
Top